आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म « Khabarhub

आजका समाचार : कतारका अमिर थानी नेपालमादेखि प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटसम्म


११ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतारका अमिर थानी काठमाडौंमा
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौँ आइपुगेका छन् । थानी चढेको विमान ३ स्२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

अमिर थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् ।


उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका अमिरको भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

कतारका राजालाई एयरपोर्टमै राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत

कतारी अमिर र राष्ट्रपति पौडेलबीच शीतल निवासमा वार्ता

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

कतारी अमिरको भ्रमण : खाली गरियो काठमाडौंको सडक, निजी साधन चलाउन रोक

राष्ट्रपति-अमिर वार्ता : मध्यपूर्वको युद्धमा चासो, जलवायु परिवर्तनको संकट टार्न सहकार्य गर्ने

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम, सत्ता समीकरणको समीक्षालगायत प्रदेशमा सरकार विस्तारको विषयमा छलफल भएको बुझिएको छ ।


गठबन्धनमा रहेको एकीकृत समाजवादी असन्तुष्ट रहेको, लुम्बिनीबाट जसपाले सरकार छोडेको विषयमा समेत छलफल भएको स्रोतले बताएको छ ।

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

शेखरको चेतावनी : सहकारी ठगीमा रविमाथि छानबिन नभएसम्म संसद् चल्दैन

अध्यादेश ल्याएर भए पनि सहकारीको पैसा फिर्ता गर्छु : गृहमन्त्री

नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

कर्णालीका मुख्यमन्त्री कँडेलले बैशाख १३ गते विश्वासको मत लिने

‘लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक’
लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरूले जोड दिएका छन् ।

लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा आज आयोजित युवा संवादमा उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताए ।

आर्थिक…
रूसी लगानीकर्तालाई नेपाली लगानी गर्न एफएनसीसीआइको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्रिजबीच भेटवार्ता भएको छ । भेटवार्ता क्रममा रूसी प्रतिनिधिमण्डललाई नेपाली पक्षले नेपालमा लगानी निम्ति आग्रह गरेको छ ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गरी व्यापार तथा लगानी सहकार्यलाई सुदृढ गर्न महत्वपूर्ण रहेको बताए । ढकालले महासंघ स्थापना भएदेखि नै द्विपक्षीय व्यापारिक सम्पर्क र अन्तर्राष्ट्रिय व्यापार सहकार्र्य अगाडि बढाउने र सहजीकरण गर्दै आएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ र रूसी संघको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजबीच २०११ जुलाई २५ मा मस्कोमा सहयोग सम्झौतामा हस्ताक्षर गरी औपचारिक सम्बन्ध स्थापना भएको १३ वर्ष पूरा भएको छ ।

आईपीओकै दरमा किन्न पाइन्छ ४ कम्पनीको शेयर

लगानी बोर्डको ५८ औं बैठक : ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

अन्तर्राष्ट्रिय…

ताइवानमा ८० बढी भूकम्पको धक्का
ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ रेक्टर स्केल माथिका छन् ।

भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनको जमिनबाट १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।

यसअघि अप्रिल ३ मा ताइवानमा ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो । जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र जमिनबाट ३४ किलोमिटर तल थियो ।

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

चीनमा पुलमा पानीजहाज ठोक्किएपछि चार जना बेपत्ता

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

कुवेतमा अन्तर्राष्ट्रिय युवा फोटोग्राफी प्रदर्शनी सुरु

युक्रेन युद्धमा रुसलाई समर्थन गरेको अमेरिकी दाबीमा चीनको आपत्ति

हटेन दिल्लीका मुख्यमन्त्री केजरीवालको संकट, अझै १६ दिन जेलमै

इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ७ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित