अक्षते-लेखानी सडक स्तरोन्नति गरिँदै « Khabarhub

अक्षते-लेखानी सडक स्तरोन्नति गरिँदै


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ । दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् ।

 तर अब भने विसं २०६० मा जनसहभागिता ट्रयाक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो । बहुवर्षीय योजना अन्तर्गत संघीय  सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो । 

काठेखोला–१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए। जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।

सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्न सकिने अध्यक्ष कँडेलले बताए । अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्छ । 

‘ट्र्याक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुनसकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइसकेको छ,’ अध्यक्ष कँडेलले भने । 

स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम  हुनेछ ।  बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो । ‘बर्खामा बढी समस्या हुने, ठाउँ–ठाउँमा पहिरोले सडक भत्किँदा यातायात ठप्प हुने गथ्र्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै सञ्चालन गर्दै आएका थियौँ,’, उनले भने, ‘अबको बर्खामा सहज हुने आशा गरेका छौँ । अबको डेढ दुई वर्षमा सडक स्तरोन्नति हुने छ ।’

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : ५७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित