बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य « Khabarhub

बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य


९ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिरैयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए । त्यस्तै विपिन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाए ।   

त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिए । यस्तै विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  २ : ०६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित