कृष्णको गीत ‘निरमाया’मा आशीर्वादको अभिनय « Khabarhub

कृष्णको गीत ‘निरमाया’मा आशीर्वादको अभिनय


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक कृष्ण बिक र स्मिता दाहालको स्वर रहेको गीत ‘निरमाया’ सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा शब्द तथा सङ्गीत भीम बिसीको रहेको छ।

गीतको भिडियोमा अभिनेत्री प्रियङ्का कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन्। आशीर्वाद क्षेत्री यो डेब्यू म्युजिक भिडियो हो ।

अभिनेता क्षेत्रीले गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम हेरेर यस म्युजिक भिडियोमा अभिनय गर्न तयार भएको गायक तथा प्रस्तुत कर्ता बिकले बताए ।

यस म्युजिक भिडियोको निर्देशक जीबी आग्री हुन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् । सञ्जय लामाले छायाङ्कन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ५ : ०७ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको