मधेसवादी नेता भन्छन् – ‘सङ्घर्ष जारी छ’ « Khabarhub

मधेसवादी नेता भन्छन् – ‘सङ्घर्ष जारी छ’


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेसवादी दलका नेताहरुले सङ्घीयता र समावेशीतासहितको संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारका लागि सङ्घर्ष जारी रहेको बताएका छन् ।

मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेसी सहिद प्रतिष्ठानको आयोजनामा आज पर्साको वीरगञ्जमा आयोजित छैटौँ बलिदानी दिवसका अवसर नेताहरूले मधेस आन्दोलनको जगमा प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व आफूहरुको काँधमा रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानका केही अन्तरवस्तु र सङ्घीय संरचनाका विषयमा मतभेद रहे पनि त्यसलाई सुधार्न सङ्घर्ष जारी रहेको बताए । उनले पहिचान र प्रतिनिधित्वको भावनालाई सम्बोधन गर्ने उत्कृष्ट व्यवस्था सङ्घीयताभन्दा अर्को हुननसक्ने समेत बताए ।

“पहिचान र प्रतिनिधित्वको भावनालाई सम्बोधन गर्ने उत्कृष्ट व्यवस्था सङ्घीयता नै हो । मधेश आन्दोलनको जगमा आएको परिवर्तनलाई संस्थागत गर्दै थप अधिकार र समग्र मधेसी, उत्पीडित जनताको अधिकारका लागि सङ्घर्ष जारी नै छ”, यादवले भने ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसी सहिदहरुकै बलिदानका कारण सङ्घीयता, समावेशीता र आफूहरुको प्रतिनिधित्व सम्भव भएकाले त्यसको रक्षा गर्ने दायित्वसमेत आफूहरुकै काँधमा रहेको बताए । उनले सहिद परिवार र आन्दोलनका घाइते तथा अपाङ्ता भएका व्यक्तिहरूको अधिकार र सम्मानका लागि सरकारले काम गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।

पूर्वमुख्यमन्त्री लालबाबु राउतले जनतालाई सङ्घीयता र परिवर्तित व्यवस्थाको अनुभूत हुने गरी आफ्नो कार्यकालमा ऐन निर्माणमा ऐतिहासिक काम भएको र त्यसको कार्यान्वयनका लागि वर्तमान सरकारले अझ बढी भूमिका खेल्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समीम, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव, प्रदेशसभा सदस्य श्याम पटेल, जनार्दन सिंह क्षेत्री, वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरीलगायतले मन्तव्य राखेका थिए ।

त्यसअवसरमा प्रदेश सरकारद्वारा मधेस आन्दोलनका क्रममा सहादतप्राप्त ६३ सहिद परिवारलाई रु तीन लाखका दरले आर्थिक सहायता, कम्बल तथा कदरपत्रसहित सम्मान गरिएको थियो । साथै आन्दोलनका घाइते एक सय ३० जनालाई अवस्था हेरेर रु एकदेखि दुई लाखसम्म प्रदान गरिएको गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

विसं २०६२÷२०६३ सालको जनआन्दोलनपछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशीता समावेश नगरेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो ।

पहिलो चरणको २१ दिने आन्दोलन र त्यसयता विसं २०७४ सम्म पटक–पटक भएका मधेस आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा प्रदेश सरकारले बलिदान दिवस मनाउँदै आएको छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  १० : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित