रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित « Khabarhub

रूसी तेल चुहावटले कृष्ण सागरका ५० किलोमिटर किनार प्रदूषित


३ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसले बुधबार हजारौँ टन तेल समुद्रमा चुहिएपछि र किनारहरूमा ५० किलोमिटर क्षेत्र प्रदूषित भएपछि सफाइ अभियान विस्तार गरेको छ । यो घटना तेल ट्याङ्कर जहाजहरू एउटा आँधीमा दुर्घटनाग्रस्त भएपछि भएको थियो ।

एउटा पुरानो रूसी तेल ट्याङ्कर टुक्रिएर डुबेको थियो भने अर्को मस्को–एनेक्स्ड क्रिमिया र दक्षिणी रुसको क्रास्नोडार क्षेत्र बीचको आजोभ र कृष्ण सागरलाई जोड्ने जलसन्धिमा रोकिएको थियो ।

रुसको आपत्कालीन मन्त्रालयले बुधबार अनपा रिसोर्टबाट उत्तरमा टेमरुक बन्दरगाहसम्म ४९ किलोमिटर समुद्र तट सफा गर्ने र कूल ७० किलोमिटर समुद्र तटमा गस्ती गर्ने काम गरिरहेको बताएको छ ।

दुई ट्याङ्करले करिब नौ हजार टन तेल बोकेको र स्याटेलाइट अनुगमनले करिब तीन हजार टन तेल चुहिएको देखाएको सरकारी समाचार एजेन्सी तासले जनाएको छ ।

क्रिमियन समुद्री अनुसन्धानकर्ता सर्गेई स्टानिचनीलाई उद्धृत गर्दै बुधबार तासले स्याटेलाइट तस्बिरहरूले डुबेको ट्याङ्करबाट अझै पनि तेल चुहिएको देखाएको रिपोर्ट गरेको छ । तीव्र बतासले तेललाई दक्षिणी रुसको समुद्र तटतिर धकेलिरहेको छ ।

करिब ९० हजार जनसङ्ख्या भएको अनपाको समुद्री तट रिसोर्टले मङ्गलबार आपत्कालीन अवस्था घोषणा गरेको छ ।

आपत्कालीन अवस्था मन्त्रालयले बुधबार स्वयंसेवक र आपत्कालीन कामदारहरूको सङ्ख्या बढेर दुई हजार सात सय पुगेको जनाएको छ । तिनीहरूले समुद्र तटबाट कालो तेल निकाल्दै प्लास्टिकको बोरा र खन्ने ट्रकहरूमा निकाल्दै थिए ।

उनीहरूले करिब ८० टन तेल सङ्कलन गरेको र समुद्र तटको आठ किलोमिटरभन्दा बढी सफा गरेको बताइएको छ ।अनपा महानगरपालिकाका अनुसार संलग्न रहेकाहरूमा करिब चार सय कोसाक्स थिए । कोसाक्स रूस र युक्रेनको घाँसे मैदानमा बस्ने एक जाति हो ।

“अनपा तेल चुहावटसँग जुझिरहेको छ र समुद्र तटहरू बचाउने प्रयास गरिरहेको छ”, विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा स्वयंसेवकहरूलाई अपिल गर्दै भने, “सुनौलो बालुवा भएका ती प्रसिद्ध समुद्र तटहरूमा हरेक वर्ष लाखौँ पर्यटक भेला हुन्छन् ।”

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित