पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – पाँचथरबाट धरान घुम्न आएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुगे । पार्क निकै कलात्मक र आकर्षक लागेको उनले बताए । पार्कले धरानको आकर्षण थपिएको उनको भनाइ छ ।

“केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको देख्दा यो ठाउँ यस्तो राम्रो बन्न सक्छ जस्तो चाहीँ लागेको थिएन”, उनले भने, “अहिले यस्तो राम्रो बनिसकेछ, चारैतिर फूलले ढाकेको देख्दा मनै रोमाञ्चित भयो ।”

उदयपुर गाईघाटका हरी राई पनि श्रम सँस्कृती पार्कमा भेटिए । उनले भने, “सामाजिक सञ्जालमा मात्र देखेको यस ठाउँमा आइपुग्दा धरानमा आकर्षक गन्तव्य थपिएको रहेछ भन्ने लाग्यो ।”

भानुचोकबाट छ किलोमीटर माथि निर्मित उक्त पार्क नजिकै श्रमदानबाट बनाइएका ‘एसडिबी’, ‘रकगार्डेन’, ‘चिल्ड्रेन पार्क’लगायतका संरचना छन् । हरियाली वातावरणमा ढकमक्क फूलले ढाकेको यहाँ आन्तरिक र बाह्य पर्यटक दिनहुँ आउने गरेका छन् । ‘श्रम संस्कृति पार्क’ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

हाल पार्क आसपासमा होटल सञ्चालित छन् । दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको स्थानीय होटल व्यवसायी सुरज गुरुङले बताए ।

होटल व्यवसाय गर्दै आउनुभएकी सविता राईले भने, “पछिल्लो समय यस ठाउँमा पाँचथर, तेह्रथुम, धनकुटा, इटहरी, मोरङ, झापागायत विदेशबाट पर्यटक घुम्न आउने गरेका छन् ।”

श्रम सस्कृति पार्कसँगैको ओशो पार्क, बिपी पार्क छन् । श्रमदानबाट श्रम संस्कृति पार्कसँगै अन्य पार्कहरु निर्माण गरिएका छन् । यस क्षेत्रमा पर्यटकीय गन्तव्य बनाउने उद्देश्य अनुसार सबै पार्कलाई एकीकृत गरी प्रवर्द्धन गरिनुपर्ने प्रतिनिधिसभा सदस्य जयकुमार राईले बताएका छन् ।

धरान उपमहानगरपालिका–१३ फुस्रे चोकबाट ओशो पार्कसम्म पुग्ने बाटो पहिले कच्ची थियो । प्रदेश सरकारको रु ४० लाख बजेटमा एक किलोमिटर सडक कालोपत्र भएपछि यहाँ आउने पर्यटकलाई सहज भएको भएको उक्त वडाका वडाध्यक्ष नेत्र काफ्लेले बताए । यस पार्क क्षेत्रलाई थप व्यवस्थित बनाउँदै पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतको सुझाव छ ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ३१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित