एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन « Khabarhub

एमाले लुम्बिनीको संसदीय दलको नेतामा आचार्य चयन


१ भदौ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन् ।

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहेका आचार्य यसअघि संसदीय दलका उपनेता रहेका थिए । 

शनिबार प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी थिए । पार्टी महासचिव शंकर पोखरेलनिकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । गिरी आजको बैठकमा सहभागी नभएको बताइएको छ ।

आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति : १ भदौ २०८१, शनिबार  ७ : ३६ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला