आजका समाचार : नेदरल्याण्डसविरुद्ध शानदार जीतदेखी रौतहटमा कर्फ्युसम्म  « Khabarhub

आजका समाचार : नेदरल्याण्डसविरुद्ध शानदार जीतदेखी रौतहटमा कर्फ्युसम्म 


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कांग्रेसको सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा, व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड, लोकगीत सबै नेपालीको साझा सम्पत्ति : प्रधानमन्त्री, आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि , चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना, गरूडाको चिनी मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष, कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयीलगायत रहनेछन् ।

कांग्रेसको सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानको औपचारिक घोषणा
नेपाली कांग्रेसका नेताहरुले सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअभियानको घोषणा गरिएको हो । महाअभियानको घोषणा गर्दै भण्डारीले देशका प्रमुख विषयहरुलाई स्थापित गर्दै नेपालीहरु अघि बढ्न सकेमा नेपाल विश्वको एकमात्रै हिन्दू राष्ट्र बन्ने बताए ।


देशको सनातन धर्मलाई रक्षा गर्दै देशको आर्थिक समृद्धिको बाटोमा देशलाई अघि बढाउन कांग्रेसले अव नेतृत्वदायी भूमिका निर्वाह गर्न ढिलाइ गर्न नहुने उनले बताए । उनले महासमिति बैठकबाट हिन्दू राष्ट्रको एजेण्डा उठाउने जिकिर गरे । हिन्दू राष्ट्र नेपाल स्थापनाका लागि कसैको सहयोग नलिइएको उनले स्पष्ट पारे ।

व्यावसायिक दक्षता अभिवृद्धिमा सभामुखको जोड

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी काठमाडौंमा

लोकगीत सबै नेपालीको साझा सम्पति : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकगीत सम्पूर्ण नेपालीहरूको साझा संस्कृति र सम्पत्ति भएको बताएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सबै भाषा, जातिमा र क्षेत्रमा लोकगीत लोकप्रिय रहेको बताएका हुन् ।


‘लोकसाहित्य युगौँदेखि जनसाधारणको मौखिक परम्पराका रूपमा व्यक्त हुँदै आएको छ । लोक साहित्यअन्तर्गत प्रमुख विधाको रूपमा लोकगीत सबैभन्दा सम्पन्न भएको विधा हो,’ प्रधानमन्त्रीले भने, ‘नेपाली जनजीवनका समग्र पक्ष र पाटालाई लोकगीतले प्रस्तुति गरेको छ ।

कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री

आर्थिक रूपान्तरणको बलियो खम्बा कृषि :अर्थमन्त्री

निराशाजनक विकास खर्चको जिम्मेवार को ?अर्थमन्त्री !

 ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु आक्रमणका तीन सय १५ घटना
जङ्गली जनावरका कारण चालु आर्थिक वर्षमा तीन सय १५ घटना भएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ती घटना भएका हुन् । ती घटनाबाट छजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइतेमध्ये सामान्य घाइते नौ र गम्भीर घाइते आठजना भएका छन् । गैँडाको आक्रमणबाट दुई, बाघको आक्रमणबाट तीन र गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट सबैभन्दा धेरै रहेका छन् ।

सार्वजनिक स्थानमा दुई हजार फोहर संकलन ‘बिन’ राख्दै कामपा

गरूडाको चिनी मिल फेरी सञ्चालन हुन सक्ने समितिको निष्कर्ष

एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा

दसबुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो

बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।

काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।


घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

६ मुहानबाट सङ्कलन गरेर गाउँमा खानेपानी

काठमाडौँ–तराई द्रुतमार्ग : जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

किसानलाई बाच्छी उपहार

खेलकुद…

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी
आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।


नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।

आईसीसी क्रिकेट लिग–२ : नेदरल्याण्ड्सद्वारा नेपाललाई १ सय ३८ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट

आईसीसी विश्वकप लिग–२ : नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै

अन्तर्राष्ट्रिय…

इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो
इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको छ । इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कब्बागले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथुन’ मा भाग लिँदै उनले आवाश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए । गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गरे ।

रूसी विपक्षी नेता नभाल्नीको मृत्युबारे छानबिन गर्न राष्ट्रसङ्घ र विश्वका नेताहरूको आग्रह

ईयूले नाइजेरियाको उर्जा क्षेत्रमा चार करोड डलर लगानी गर्ने

जापानद्वारा एच-थ्री नाम दिइएको रकेटको सफल परीक्षण

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ८ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित