जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील : मुख्यमन्त्री शाह « Khabarhub

जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील : मुख्यमन्त्री शाह


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा बोल्दै उनले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौतीको सामना गर्दै अगाडि बढेको उल्लेख गरे ।

‘अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौति छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ’, उनले भने ।

मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार  अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ । 

‘यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्दछ, नेतृत्वले दिनुपर्दछ,’ उनले भने ।

मुख्यमन्त्री शाहले प्रहरी सङ्गठनलाई दुरुस्त राख्न प्रदेश सरकार सहयोग गर्न सदैव तत्पर रहेको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक, सुदूरपश्चिम पृतना हेडक्वार्टर तेघरी कैलालीका सहायक रथी, सशस्त्र प्रहरी बल नेपाल नंं ७ वैद्यनाथ बाहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक, सञ्चारकर्मीलगायतका सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ७ : ३३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित