भौतिक पूर्वधारमा अब्बल बन्दै शुक्लाफाँटा « Khabarhub

भौतिक पूर्वधारमा अब्बल बन्दै शुक्लाफाँटा


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले १२ वडामध्ये १० वटामा नयाँ कार्यालय भवन निर्माण गरेको छ । संविधानको मर्मअनुसार वडास्तरबाट नै सर्वसाधारणलाई सहजरूपमा सेवा उपलब्ध गराउनका लागि भौतिक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।

नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इन्जिनियर दीपक धामीका अनुसार वडा नं १, २, ३, ५, ६, ७, ८, ९, ११ र १२ मा नयाँ भवन निर्माण गरिएका हुन् । वडा नं ४ मा रु एक करोड एक लाखको लागतमा सुदूरपश्चिम प्रदेशको समपूरक र तराई–मधेस समृद्धि कार्यक्रमको साझेदारीमा तीनतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको उनले जानकारी दिए । हाल उक्त कार्यालयको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ ।

‘वडा नं ९ र ६ मा नयाँ भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा सञ्चालन भइरहेको छ’, इन्जिनियर धामीले भने, ‘चाँडै भवन उद्घाटन गर्ने तयारी भइरहेको छ ।’ उनका अनुसार वडा नं २ र ३ मा भवन उद्घाटन भइसकेको छ ।

नयाँ निर्माण भएका भवनमा शौचालय, मिटिङ तथा कार्यालय कक्ष, वडाध्यक्ष र सचिवका छुट्टाछुट्टै कक्ष रहेका धामीले जानकारी दिए। सेवाग्राही बस्नका लागि आवश्यक फर्निचरसँगै विद्युत्, खानेपानीको उचित व्यवस्था गरिएको उनको भनाइ छ ।

‘सेवाग्राहीलाई मालपोत बुझाउन विगतमा नगरपालिका कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो’, नगर उपप्रमुख कल्पना पन्तले भने, ‘हाल कार्यालयमा इन्टरनेटको व्यवस्था भएकाले वडाबाटै मालपोत बुझाउन सकिने भएको छ ।’ योसँगै पञ्जिकरण तथा भूमि जाँचको काम पनि इन्टेरनेटमार्फत वडाबाट हुने गरेको उनले उल्लेख गरे।

वडा नं १० मा पुरानो नगरपालिका कार्यालय रहेको भवनबाट तत्कालका लागि कार्य सञ्चालनको व्यवस्था गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए। नयाँ भवन निर्माणका लागि पहल भइरहेको उनको भनाइ छ ।

वडा कार्यालय सुविधा सम्पन्न भए पनि कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ । केही कार्यालयमा सचिव, खरिदार र कम्प्युटर अपरेटरलगायत कर्मचारीको अभाव रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भाडाको एउटा कोठाबाट सहज सेवा दिन समस्या भइरहेकामा अहिले प्रभावकारी बन्दै गएको बताए। ‘यसअघि सेवाग्राहीलाई ३८ किसिमका सेवा दिन सहज थिएन । पहिलो कार्यकालमा नयाँ भवन बनाउन सम्भव नभए पनि दोस्रो कार्यकालमा भवन निर्माणसँगै सेवा सञ्चालन सहज हुँदै गएको छ ।’

वडा कार्यालयका भौतिक संरचना निर्माणसँगै एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकाले मुख्य प्रशासनिक भवनसमेत निर्माण गरी सेवा सञ्चालन गर्दै आएको छ । वडामा सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । केही वडामा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भइसकेका छन् भने केहीमा निर्माणाधीन रहेका नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इन्जिनियर धामीले जानकारी दिए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  २ : ४४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित