‘नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि « Khabarhub

‘नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव’ बुधबारदेखि


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ ।

‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो ।

‘युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु’, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेटले भने ।

मार्टिन म्याकडोनागले निर्देशन गरेको चलचित्र  ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन गर्दै सुरू गरिने उक्त महोत्सवमा एउटा नेपाली र युरोपियन गरी दुई चलचित्र प्रदर्शन गरिने छन् । महोत्सव अवधिभर नौ युरोपियन र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् ।

महोत्सवमा युरोपियन चलचित्रतर्फ मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको ‘द ब्यानशीस अफ इनीशेरीन’, मेरियन ब्लिचरले निर्देशन गर्नुभएको ‘मिस भिर्बोग’, इम्यानुएल प्रभुले निर्देशन गरेको ‘मिकादो’, पिलर पालोमेरोले निर्देशन गरेको ‘स्कुल गर्ल्स्, एन्टोनियो लुकीचले निर्देशन गरेको ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’, इभान ओस्ट्रोचोभ्स्कीको निर्देशन रहेको ‘सरभेन्टस’ लगायत प्रदर्शन गरिने छ ।

महोत्सवमा नेपाली चलचित्रतर्फ शान्ता नेपालीले निर्देशन गरेको ‘डाय ड्रिम्स’, गोपाल आचार्यले निर्देशन गरेको ‘डिभिनेसन’ (आखत), समाल बज्राचार्यले निर्देशन गरेको ‘हावाम्यान’, निमा गेलु शेर्पाले निर्देशन गरेको ‘काठमाडौँ मनसुन’ लगायत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

काठमाडौँ पश्चात् यही चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम विश्वविद्यालयको हल, २०८१ वैशाख ३ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा वैशाख ७ र ८ गते कर्णाली प्रदेशको सुर्खेत, वीरेन्द्रनगरमा पनि चलचित्र देखाइने महोत्सव आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ११ : ५८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित