बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ « Khabarhub

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको मुहानस्थल बाग्द्वारमै पुगेर पहिलोपटक सफाइ गरिएको छ ।

माथिल्लो बागमती सफाइ अभियानको ५३९औँ हप्ता र मुहान सफाइ अभियानको चौथो हप्ताका अवसरमा आज नदीको मुहानस्थल बाग्द्वार पुगेर अभियानकर्मीको समूहले सफाइ गरेको हो ।

सुन्दरीजलबाट करिब चार घण्टाको दूरीमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बाटो वाग्द्वार पुगेर करिब एक सय ५० जना अभियानकर्मीले सफाइ गरेका हुन् ।

सुन्दरीजलबाट माथि लागेपछि नै निकुञ्जबीचको सडक दायाँबायाँ पानीका बोत्तल, प्लाष्टिकलगायत फोहर फालेको दृश्य देखिन्थ्यो । अभियानकर्मीले यो फोहरसमेत टिप्दै हिँडेका थिए ।

सफाइमा वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौड्याल, मुहान क्षेत्रको सफाइका लागि विशेष अभियान चभएका बिपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेल, माथिल्लो वाग्मती सफाइ अभियानका उत्तम पुडासैनी, मानवअधिकार तथा शान्ति समाज काठमाडौँका अध्यक्ष भगवान् पुडासैनीलगायत अभियानकर्मीको नेतृत्वमा मुहान क्षेत्रको विशेष सफाइ गरिएको हो ।

मुहान क्षेत्र वाग्द्वारको सफाइ गर्नुअघि वैदिक विधिअनुसार वाग्मतीको मुहान सफा राख्ने सङ्कल्पसहित पूर्वमुख्यसचिव पौडेल, अभियानकर्मी पोखरेल र पुडासैनीले सबै अभियानकर्मीको प्रतिनिधित्व गर्दै पूजा गरेका थिए ।

स्थानीय पण्डित दण्डपाणि खनालले पूजा गराएका थिए । केही वर्षअघिसम्म पानीको पोखरी भएको स्थलमा गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाले सिमेन्ट प्रयोग गरेर बनाएको पोखरीमा पानी नहाली यत्तिकै रहेको छ । स्थानीयवासीका अनुसार यहाँ पानी आउने बाटो नै बन्द भएको छ ।

बाग्द्वारबाट खसेको पानी नालीबाट नदीमा आउने अवस्था मुहानमै बनेको छ । यहाँका दुई स्थानीय तहको बजेटले यो संरचना बनिसकेपछि सञ्चालन भए÷नभएको अनुगमन पनि कसैले गरेका छैनन् । सफाइ अभियानलाई सम्बोधन गर्दै पूर्वमुख्यसचिव पौड्यालले आफू २०७३ सालमा आएको भन्दा अहिले मुहानमै कम पानी देखिएको बताए ।

बाग्द्वार क्षेत्रमा गरेको फोहर खानेपानीमार्फत काठमाडौं उपत्यकावासीका घरघरमा पुग्ने भएकाले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिन उनले आग्रह गे । मानिसमा जागरण आउनेगरी सफाइ महाअभियानले फेरि बाग्द्वारबाट चोभारसम्म पदयात्रा गर्नुपर्ने सफाइ महाअभियानको नेतृत्व गर्दै आएका पौड्यालले सुनाए ।

सफा अभियानकर्मी पोखरेलले १२ वर्षसम्म वाग्मती सफाइ महाअभियान जारी हुँदा पनि मुहान क्षेत्रको सफाइ हुन नसकेकाले आजको कार्यक्रम राख्नुपरेको बताए । बागमती गङ्गामा नमिसिँदासम्म नाम परिवर्तन नहुने भएकाले यसको महत्व रहेको उनले बताए ।

माथिल्लो वाग्मती सफाइ अभियानका अभियानकर्मी पुडासैनीले मुहानदेखिकै फोहर सङ्कलन गरेर स्रोतमै व्यवस्थापन गरिनुपर्ने बताए । धर्तीलाई बचाएपछि नै मानिसको जीवन रहने भएकाले ‘मेरो फोहर, मेरो जिम्मेवारी’ भन्ने भावनालाई आत्मसात् गरेर सबैले काम गर्नुपर्ने उनको भनाइ थियो ।

पछिल्लो समय वाग्मतीको मुहान क्षेत्रमै सफाइको अभियान चलेको पनि आज एक महिना पूरा भएको छ । यो अभियानलाई पनि अब निरन्तर रूपमा जारी राखिने जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ३९ बजे

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

राँझा– मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका किसानलाई यतिबेला