इजराइलले गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासको आरोप « Khabarhub

इजराइलले गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासको आरोप


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजराइलले रातभर गाजामा दर्जनौँ हवाई आक्रमण गरेको हमासले आज बताएको छ । इजराइली सेनाले भने इरानको अभूतपूर्व आक्रमणपछि आफू युद्धबाट विचलित नहुने बताएको छ । यसबाट यस क्षेत्रमा द्वन्द्वको आशंका बढेको छ । 

इरानले शनिबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन् । यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ । 

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो । उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए । इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ । 

इजरायली सैन्य प्रवक्ता रियर एडमिरल डेनियल हगारीले आइतबार राति भने, ‘इरानको आक्रमणमा पनि हामीले गाजामा आफ्ना बन्धकहरूलाई इरानका प्रोक्सी हमासबाट छुटाउन हाम्रो महत्त्वपूर्ण मिसनलाई एक पल पनि छाडेका छैनौँ ।’

मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजरायली योजनामाथि आशङ्काहरू बढेको बताएका छन् । रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन् । 

‘हमासले अझै पनि गाजामा हाम्रा बन्धकलाई राखेको छ’, हगारीले करिब एक सय ३० बन्धकका बारेमा भने। बन्धक बनाइएकामध्ये ३४ जनाको मृत्यु भएको अनुमान गरिएको छ । हमासको आक्रमणपछि उनीहरूले ती बन्धकलाई आफ्नो कब्जामा लिएको इजराइलले बताएको छ । 

सैन्य प्रवक्ता हगारीले एक ब्रिफिङमा भने, ‘रफाहमा हाम्रा बन्धक छन् र उनीहरूलाई घर फर्काउन हरसम्भव प्रयास गर्नेछौँ ।’ यस क्षेत्रबाट अधिकांश स्थल सैनिकलाई फिर्ता बोलाएको करिब एक सातापछि सेनाले भनेको छ, ‘गाजा मोर्चामा परिचालन गतिविधिहरूका लागि करिब दुई वटा रिजर्भ ब्रिगेडलाई बोलाइँदै छ ।’

हमास सरकारको मिडिया कार्यालयले इजरायली विमानहरूले मध्य गाजामा रातभरमा ‘दर्जनौँ’ आक्रमण गरेको बताएको छ । घेरिएको क्षेत्रको दक्षिणदेखि गाजा क्षेत्रसम्म तटीय सडकमा इजरायली चेकपोइन्ट पुनः खोलिएको हल्लाले आइतबार हजारौँ प्यालेस्टिनीलाई उत्तरतिर जान प्रेरित गर्यो । यद्यपि इजराइलले चेकपोइन्ट खुला भएको भन्ने हल्लालाई अस्वीकार गरेको छ ।     

इरानी आक्रमणपछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आइतबार आपतकालीन बैठक बसेको छ । बैठकमा इजराइलले तेहरानविरुद्ध नयाँ प्रतिबन्धका लागि दबाब दिएको छ । महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्व क्षेत्र ‘युद्ध’ को सङ्घारमा रहेको चेतावनी दिए। 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ३ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित