उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्ग्याउँदै दलहरू « Khabarhub

उपनिर्वाचनमा उठ्ने प्रत्यासीको टुङ्ग्याउँदै दलहरू


२९ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त पदमा हुनलागेको उपनिर्वाचनमा प्रत्यासीको टुङ्गो लगाउन दलहरू लागेका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले रिक्त रहेको जिल्ला समन्वय समिति कैलालीको संयोजकमा टीका चौधरी भुललाई सिफारिस गरी प्रदेश समितिमा पठाएको छ । उनी कैलारी गाउँपालिकाको वडा सदस्यमा निर्वाचित छन्। 

नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत दलहरूले जिसस संयोजकमा आफ्ना प्रत्यासी उठाउने-नउठाउनेबारेमा आजसम्म टुङ्गोमा पुग्न सकेका छैनन् ।

कांग्रेस प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतले बाजुराको स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा कुन्तिसरा शाहीलाई प्रत्यासी बनाउने निर्णय भइसकेको जानकारी दिए। 

उनले भने, ‘यसअघि पार्टीले केशवराज पन्तलाई जिससको संयोजकमा प्रत्यासी बनाउने निर्णय गरेकामा निर्वाचन आयोगको परिपत्रबमोजिम महिलालाई प्रत्यासी बनाउनुपर्ने भएपछि चौधरीको नाम सिफारिस भएको हो । यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ ।’

कांग्रेसबाट निर्वाचित स्वामीकात्तिकखापरका उपाध्यक्ष मैना जोशी र कैलाली जिल्ला समन्वय समितिका संयोजक पदमबहादुर कलेलको निधन भएपछि पद रिक्त भएको थियो ।

कांग्रेसले रिक्त भीमदत्त नगरपालिका–६ मा प्रकाशबहादुर चन्द, डोटी पूर्वीचौकी गाउँपालिका–६ मा मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका–५ मा धनबहादुर कुँवरलाई वडध्यक्षको प्रत्यासी बनाउने निर्णय गरेको छ । बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्ष पदमा भने निर्णय हुन बाँकी रहेको रावतले बताए।

एमालेका प्रदेश कमिटी सचिव रणबहादुर चन्दले स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी बुढा, भीमदत्तनगर–६ मा बहादुर चन्द, पूर्वीचौकी–६ मा देवबहादुर थापा र दुहु–५ मा मानबहादुर बडाललाई पार्टीले प्रत्यासी बनाएको जानकारी दिए। 

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव जनक बुढाले पार्टीले स्वामीकात्तिकखापरको उपाध्यक्षमा राजकुमारी विक रचना, सुर्मा–४ मा पुष्करबहादुर बोहरा, पूर्वीचौकी–६ मा देवीलाल थापा, दुहु–५ मा वीरसिंह कार्की र भीमदत्तनगर–६ को वडाध्यक्षमा नानाराम कोलीलाई प्रत्यासी बनाउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार जिल्ला समन्वय समितिको संयोजक पदमा कसलाई उठाउने वन नउठाउने छलफल भइरहेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्वामीकात्तिकखपरमा सुनादेवी थापाभोटेधामीलाई उठाउने निर्णय गरेको सो पार्टीका छत्र शाहीले बताए। रिक्त वडाध्यक्ष पदका प्रत्यासीका बारेमा छलफल भइरहेको उनले उल्लेख गरे । 

स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम विभिन्न कारणले रिक्त रहेका पदहरूको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा सङ्घीय सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा रिक्तस्थानमा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहिबार  ७ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित