व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कदम गलत : बिन्दा पाण्डे « Khabarhub

व्यापारीको सहयोगमा पार्टी कार्यालय बनाउने कदम गलत : बिन्दा पाण्डे


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले व्यापारीको सहयोग लिएर पार्टी कार्यालय बनाउने कदम गलत भएको भन्दै सच्याउन आग्रह गरेकी छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि भवनको शिलान्यास गरेका थिए । 

उक्त भवन भाटभटेनी सुपरस्टोरका मीनबहादुर गुरुङले बनाइदिन लागेका हुन् । भवन शिलान्यासमा गुरुङ दम्पती पनि सहभागी थिए । सत्तारुढ दलकै भवन व्यापारीले बनाइदिन लागेपछि विभिन्न शंका र उपशंका उब्जिएको छ । 

एमाले भित्रै पनि व्यापक आलोचना भइरहेको बेला सोमबार सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले भवन बनाउने कदमले पाँच लाख पार्टी सदस्य २८ लाख मतदाताको अपमान भएको स्पस्ट पारेकी हुन्।

‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो । व्यापार व्यवसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो । तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो’, पाण्डेले लेखेकी छन् ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दिर्घकालमा आत्मघाती सावित हुनेछ । समय घर्की सकेको छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा वाचेका स्वाभिमानी पार्टी पङ्क्ति र भावी सन्ततीका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौँ ।’

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  १२ : ०५ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम