ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो « Khabarhub

ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् ।

सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले थप तयारीका लागि अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षण, खेल सामाग्रीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । भेटका क्रममा प्रशिक्षणका लागि प्रिन्स दाहालले माग गरेका खेल सामाग्री राखेपले तत्काल उपलब्ध गराएको छ ।

नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । उनी पेरिस ओलम्पिक २०२४ मा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । योसँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् ।

ओलम्पिक अन्तर्गत ब्याडमिन्टनमा यसपटक पुरुष ८३ र महिला ८३ सहित १ सय ६६ नियमित कोटा, ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी छनोट हुँदै छन् । प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा युनिभार्सलिटी कोटा मार्फत ओलम्पिक खेल्ने भएका हुन् ।

प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।

ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा यसै जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुँदै छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ६ : ३८ बजे

सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं– स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ

चक्रवात अर्नबको प्रहार, ८९ हजार विस्थापित

हैदराबाद– भारतको आन्ध्र प्रदेशको तटमा चक्रवात अर्नबले प्रहार गरेपछि कम्तीमा

मिठाइमा प्रयोग हुने कच्चा पदार्थ र मूल्य खुलाउन प्रशासनको निर्देशन

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मिठाई  व्यवसायीलाई आफ्ना उत्पादनमा प्रयोग

इजरायली चुनावमा कसैको स्पष्ट बहुमत नहुने सङ्केत

जेरुसेलम– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कमजोर देखिएको छ

फेरिएको गद्दी, नफेरिएको बुद्धि

चन्द्रशमशेरको सेखपछि भीमशमशेरले आफूलाई प्रधानमन्त्री तथा श्री ३ महाराज घोषणा