इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, १७ बेपत्ता « Khabarhub

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, १७ बेपत्ता


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी इन्डोनेसियामा ज्वालामुखीबाट आएको आकस्मिक बाढी र चिसो लाभा प्रवाहबाट मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ । घटनामा परी थप १७ जना बेपत्ता भएको स्थानीय विपद् एजेन्सीका अधिकारीले सोमबार बताएका छन् ।

घन्टौँसम्म परेको भारी वर्षाका कारण शनिबार साँझ इन्डोनेसियाको सबैभन्दा सक्रिय ज्वालामुखीमध्येको एक सुमात्रा टापुको दुई जिल्लामा ठूलो ज्वालामुखी खस्दा सडक, घर र मस्जिदहरू जलमग्न भएका छन् ।

अधिकारीहरूले मानिसहरूलाई  सुरक्षित स्थानमा जान प्रोत्साहित गरेका कारण इल्हामले खाली गरिएका स्थानीयहरूको सङ्ख्या भने पुष्टि गर्न सकेनन्। उनले पहिले, पीडितहरूको खोजी र उद्धार, गरी दोस्रो चरणमा विस्थापितहरूको सुरक्षा, कमजोर मानिसहरूको सुरक्षामा केन्द्रित रहेको बताए ।

स्रोतका अनुसार जिल्लाका सडकहरू नदीमा परिणत भएका छन् भने मस्जिद तथा घरहरू क्षतिग्रस्त भएका छन् । भारी वर्षाले छेउछाउका इलाकाहरूलाई माटोसहितको बाढीको पानीले डुबाएको छ र नदीले सवारी साधनहरू बगाएको छ । ज्वालामुखीको खरानी र ठुला चट्टानहरू माउन्ट मारापीबाट तल झरेका छन् ।

अधिकारीहरूले बेपत्ता पीडितहरूको खोजी गर्न र मानिसहरूलाई आश्रयस्थलमा लैजान उद्धारकर्ता र रबर डुङ्गाहरूको टोली पठाएका छन् । स्थानीय सरकारले आगम र तानाह दातारका धेरै क्षेत्रमा निकासी केन्द्र र आपतकालीन चौकीहरू स्थापना गरेको छ ।  

राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीले तानाह दातारमा ८४ वटा घर, १६ वटा  पुल र दुई मस्जिद सहित २० हेक्टर धान खेतमा क्षति पुगेको जनाएको छ । 

इन्डोनेसियामा वर्षाको मौसममा पहिरो र बाढीको जोखिम हुन्छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ५ : ४६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित