राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड « Khabarhub

राष्ट्रिय सङ्ग्रहालय संरक्षणमा जोड


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय सङ्ग्रहालयको संरक्षणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

राष्ट्रिय सङ्ग्रहालयको ८५ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताले साना नानीदेखि ज्येष्ठ नागरिकसम्मले अवलोकन गर्ने जीवन्त संस्कृति र सम्पदालाई एकीकृत गरिएको सङ्ग्रहालयलाई प्रचारप्रसार गरी पर्यटकको आकर्षण केन्द्रका रुपमा विकास गरिनुपर्नेमा उनीहरूले जोड दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला, संस्कृति, इतिहास संरक्षण गर्ने सङ्ग्रहालयलाई अध्ययन– अनुसन्धानका साथै पर्यटन केन्द्रका रुपमा विकास गर्न जरुरी भएको बताए ।

प्राकृतिक सम्पदामात्रै देखाउने होइन देशको भव्य संस्कृति र सङ्ग्रहालयमा सजिएका कलाकृति पनि पर्यटक आकर्षित गर्ने प्रमुख आधार हुन् भनेर तिनको प्रवद्धनमा लागिपरेको छु ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले देशको कला संस्कृति, अवलोेकन गर्ने सङ्ग्रहालयको सम्वद्धनका लागि सबै सरोकारवाला निकाय जिम्मेवारपूर्वक लाग्नुपर्ने बताए । उनले हराएका, मासिएका र मासिने सम्भावना भएका सम्पदाको संरक्षण र प्रवद्र्धनमा सङ्ग्रहालयले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

देशबाट चोरी निकासी भएका विभिन्न देशबाट हालसम्म एक सय १० पुरातात्विक महत्वका मूर्ति फिर्ता ल्याइएको सङ्ग्रहालयले जनाएको छ ।प्राध्यापक डा प्रेमकुमार खत्रीले देशको संस्कृति, कला, सभ्यता र ज्ञानको भण्डारको रुपमा रहेको सङ्ग्रहालयको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने औैँल्याए ।

छाउनीमा ४५ रोपनी क्षेत्रफलमा फैलिएको राष्ट्रिय सङ्ग्रहालयमा राष्ट्रियस्तरको एकमात्र बहुउद्देश्यीय सङ्ग्रहालयको रुपमा रहेको छ । यो सङ्ग्रहालय पर्यटन मन्त्रालय, पुरातत्व विभागअन्तर्गत सञ्चालित छ ।

नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाद्वारा युरोपेली वास्तुशैलीमा भवनको निर्माण गराई विसं १८८१ मा स्वदेशी तथा विदेशी हातहतियार शस्त्रागारको स्थापना गराएका थिए । हातहतियार सङ्कलन गरिएकाले सुरुमा यसलाई छाउनी शिलखाना भनियोभने पछि राणाप्रधानमन्त्री चन्द्र शम्शेरको युरोप यात्रापछि उक्त शिलखानालाई निजी ग्यालरीका रुपमा राणा परिवार तथा विदेशी पाहुनाको लागि मात्र खुला गरिएको थियो ।

सङ्ग्रहालय अधिकृत शर्मिला उप्रेतीका अनुसार राणा प्रधानमन्त्री जुद्धशमशेरले सङ्ग्रहालयकै लागि विसं २००० मा भवन बनाउन लगाई जुद्धजातीय कलाशाला सर्वसाधारणको लागि खुला गरिएको थियो । विसं २०२४ मा नेपाल म्युजियमलाई राष्ट्रिय सङ्ग्रहालय नामकरण गरियो । विसं २०३१ मा निर्मित भवनमा २०५४ सालदेखि बौद्ध ग्यालरी सञ्चालनमा ल्याइएको थियो । जुद्धजातीय कलाशाला दोस्रो शताब्दीदेखि २० औँ शताब्दीसम्मका नेपाली कला सम्पदा (कलाकृति)को प्रदर्शनी रहेको छ ।

६३ हजार जिज्ञासु सङ्ग्रहालयको अवलोकनमा

आर्थिक वर्ष २०७९/०८० मा ६३ हजार बढीले राष्ट्रिय सङ्ग्रहालयको अवलोकन गरेका छन् । सङ्ग्रहालयको विवरणमा आव २०७८/०८९ मा २६ हजारले भ्रमण गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग कीर्तिपुर र लुम्बिनी बौद्ध विश्वविद्यालयका सङ्ग्रहालय विज्ञानका विद्यार्थीलाई सङ्ग्रहालयले प्रशिक्षण गराउँदै आएको छ ।

राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले सङ्ग्रहालय व्यवस्थापनलाई प्रभावकारी बनाई पुरातात्विक सम्पदाको खोज र संरक्षणलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ८ : २७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित