विद्यालयमा इजरायलको आक्रमण : राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु « Khabarhub

विद्यालयमा इजरायलको आक्रमण : राष्ट्र संघका कर्मचारीसहित १८ जनाको मृत्यु


२७ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ।

प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ।

पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो।

इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ।

इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो।

गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ।

युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ७ : ३७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित