कांग्रेसका कारण कोशी सरकारले पूर्णता पाएन : मुख्यमन्त्री कार्की « Khabarhub

कांग्रेसका कारण कोशी सरकारले पूर्णता पाएन : मुख्यमन्त्री कार्की


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसको आन्तरिक विवादका कारण प्रदेश सरकारले पूर्णता पाउन नसकेको बताएका छन् । उनले कांग्रेसले मन्त्रीको नाम दिए लगत्तै मन्त्रीपरिषद्ले पूर्णता पाउने बताए ।

मुख्यमन्त्रीको कार्यालयमा आइतबार पत्रकारसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘आज पनि कांग्रेससँग कुरा भएको थियो । उहाँहरुले अझै केही समयको माग गर्नु भएको छ । कांग्रेसले मन्त्तीको नाम दिए लगतै सरकार बिस्तारमा हुनेछ।’

मुख्यमन्त्री कार्कीले सरकारले पूर्णता नपाउँदा बजेट पास भएपनि गति लिन नसकेको बताए ।सरकार विस्तार भएपछि सरकारको काम नयाँ चरणमा प्रवेश गर्ने उनको भनाइ थियो ।मुख्यमन्त्री कार्की सरकार बिस्तारका क्रममा ११ भन्दा बढि मन्त्रालयको संख्या नहुने दाबी गरे ।

कोशीमा अहिले कांग्रेस–एमाले गठबन्धनको सरकार छ । मन्त्रालय भागबण्डा गर्दा कांग्रेसले ४ र एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय पाएको छ ।

सरकारमा सहभागी हुने सहमति भए पनि आकांक्षी धेरै भएपछि कांग्रेसलाई मन्त्रीको नामावली टुंगो लगाउन सकस परेको छ। कांग्रेसमा डा शेखर कोइराला पक्षले दुई वटा मन्त्रालय माग गरेको छ । यता सभापति शेरबहादुर देउवा पक्षले शेखर पक्षलाई दुई मन्त्रालय दिन तयार देखिँदैन ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बनेपछि तीन साता अघि माओवादी सरकारबाट बाहिरिएको थियो ।गएको साउन ११ गते माओवादीका मन्त्रीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका थिए।

माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगर पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए। मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ०० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित