राप्रपाका प्रदेश सांसदहरुलाई तीनदिने प्रशिक्षण सम्पन्न « Khabarhub

राप्रपाका प्रदेश सांसदहरुलाई तीनदिने प्रशिक्षण सम्पन्न


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेश सभा सांसदहरुका लागि आयोजित विभिन्न विषयको तिनदिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ।

काभ्रेको धुलिखेलमा आयोजित राजनीतिक वृत्तिविकास प्रशिक्षण २०८१ प्रशिक्षण कार्यक्रममा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले खेल्नुपर्ने भूमिका, सञ्चार तथा सामाजिक सञ्जाल व्यवस्थापन, वृत्तिविकासका पक्षहरु, विकास, योजना छनौट, बजेट, कानुनी एवं संवैधानिक विषयहरुमा प्रशिक्षण प्रदान गरिएको छ।

कार्यक्रमको पहिलो दिन पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष एवं प्रशिक्षण विभागका प्रमुख ध्रुव बहादुर प्रधानले प्रशिक्षणको उद्घाटन गर्दै राजनीतिक वृत्तिविकासका लागि र सांसदहरुको क्षमता विकासलाई ध्यान दिएर प्रशिक्षण सञ्चालन गरिएको बताए ।

त्यस्तै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मिडियासँगको सम्बन्ध र अन्तर्वाताका बारेमा प्रशिक्षण दिए । त्यस्तै वरिष्ठ अधिवक्ता एवं संविधानविद डा. भीमार्जुन आचार्यले नेपालको संविधान र संघीयताले पार्ने असरका विषयमा प्रदेश सांसदहरुलाई प्रशिक्षित गरे ।

त्यस्तै पार्टीका नेता, सदस्य र सांसदहरुले कसरी सामाजिक सञ्जालको प्रयोग गर्ने भन्ने विषयमा पत्रकार उमेश श्रेष्ठ सालोक्यले प्रशिक्षण सञ्चालन गरे ।

प्रशिक्षण कार्यक्रमको दोश्रो दिन पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष सम्बोधन गरेका छन् । सो अवसरमा अध्यक्ष लिङ्देनले सैद्धान्तिक रुपमा राप्रपा संघीयताको विरोधमा रहेपनि यहि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने पार्टीको नीतिलाई कसरी उपयोग गर्ने र विकास निर्माणमा कसरी सहभागी हुने भन्ने बारेमा सांसदहरुलाई प्रशिक्षण र निर्देशन दिए ।

दोश्रो दिनको प्रशिक्षणका क्रममा पार्टीका पूर्वअध्यक्ष एवं निर्देशक समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले अर्थ राजनीतिका आयाम र सांसदको भूमिका शीर्षकमा प्रशिक्षण प्रदान गरे ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले वृत्तिविकास र नेतृत्व विषयमा र नेपाल सरकारका नेपाल सरकारका पूर्वसचिव राजीव गौतमले प्रदेश सभा सञ्चालन, विधि निर्माण र सदस्यहरुको भूमिकामा र नेपाल सरकारका पूर्वसचिव केवल प्रसाद भण्डारीले समष्टिगत अर्थव्यवस्था र योजना निर्माणको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा सांसदहरुलाई प्रशिक्षित गरे ।

प्रशिक्षणको तेश्रो दिन राप्रपाका मुख्यसचिव समेत रहेका पूर्वसचिव केदार बहादुर अधिकारीले प्रदेशको वित्तीय तथा प्रशासनिक व्यवस्थापनः सम्भावना र चुनौतिका बारेमा प्रशिक्षण दिएका छन् ।

प्रशिक्षणमा राप्रपाका तर्फबाट विभिन्न प्रदेशमा प्रतिनिधित्व गर्ने २५ जना सांसद सहभागी थिए । राप्रपाको सातै प्रदेशमा गरि २८ जना सांसद रहेका छन् । जसमध्ये २ जना सभामुख र १ जना उपसभामुख पदमा रहेकाले २५ जना सांसद प्रशिक्षार्थीका रुपमा सहभागी भएको केन्द्रीय प्रशिक्षण विभागकी उपप्रमुख खुस्बु ओलीले बताइन् ।

समापन समारोहमा अध्यक्ष लिङ्देनले जनअपेक्षा अनुरुप योजना छनौट, विकास निर्माणमा सक्रिय हुन सांसदहरुलाई निर्देशन दिए । उनले विगतमा अनेकन जोखिम उठाउॅदै पार्टीलाई आजको अवस्थासम्म ल्याइएको र अझै राजनीतिक कार्यभार बॅाकी रहेकाले पार्टीको संगठन निर्माणमा जुट्न सांसदहरुलाई अनुरोध गरे ।

पूर्व अध्यक्ष पशुपति शमसेर जबराले झिनामसिना कुरालाई वेवास्ता गरेर राप्रपालाई आगामी निर्वाचनमै देशको अग्रणी शक्ति बनाउन आफ्नो ठाऊॅमा अहोरात्र खट्न सांसदहरुलाई अनुरोध गरे ।

सहभागी प्रशिक्षार्थी सांसदहरुलाई अध्यक्ष लिङ्देनले प्रमाणपत्र प्रदान गरे, भने विभागका प्रमुख वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानले प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

सांसदहरुलाई प्रदान गरिएको तीनदिने प्रशिक्षण कार्यक्रमका लागि अमेरिका निवासी पार्टीका शुभचिन्तक आमोद कटुवालले र सिरिन वेलनेस, अर्गानिक अनलाइनको समेत विभिन्न प्रायोजन गरेको गर्नुभएको उपप्रमुख ओलीले बताइन्।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : २६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित