पोखरामा दुईजना मिलेर चोरे करोडका सामान, कफी मेकरदेखि ड्रोन क्यामेरासम्म उठाए « Khabarhub

पोखरामा दुईजना मिलेर चोरे करोडका सामान, कफी मेकरदेखि ड्रोन क्यामेरासम्म उठाए


२९ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- एक करोडभन्दा धेरै मूल्यका सामान चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. २२ घर भई हाल मियाँपाटन बस्ने २१ वर्षीय नवीन नेपाली र गोरखा घर भई हाल पोखरा-४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगरलाई प्रहरीले सोमबार चोरीका सामानसहित समातेको हो ।

प्रहरीका अनुसार यी दुईजना यसअघि पनि कयौँ श्रृंखलावद्ध चोरी र अपराधका घटनामा संलग्न भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अविनाशदीप जिसीका अनुसार उनीहरूले पोखरलाई केन्द्र बनाएर चोरीमा संलग्न हुँदै आएका थिए ।

यी दुई भाइ मिलेर गत जेठ ११ गते राति पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित कृष्णजी पौडेलको घरबाट ४२ तोला सुनका गहना, मोबाइल फोन, ल्यापटप र क्यामेराका तथा ३ लाख ८० हजार रुपैयाँ नगद पनि चोरेको खुलेको छ ।

पोखराका विभिन्न क्षेत्रबाट करिब एक करोडको धनमाल चोरी भएको उजुरी र सूचना आएपछि गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले संयुक्त अनुसन्धान थालेका थिए । तीनै प्रहरी इकाइको संयुक्त अनुसन्धानले चोरीमा संलग्न दुईजना समातिएका हुन् । ऴ

प्रहरीले यी दुई भाइको कोठामा छापा हानेर सुनका गहना २४ तोला ८४ लाल, विभिन्न कम्पनीका मोबाइल फोन २२ थान, विभिन्न कम्पनीका क्यामेरा ९ थान, विभिन्न कम्पनीका ल्यापटप १५ थान, टेलिभिजन दुई थान, भाँडाकुँडा ४६ थान, कफी मेकर २ थान, विभिन्न कम्पनीका घडी ११ थान, ड्रोन क्यामेरा दुई थान, रेडियो सेट वाकिटक्की दुई थान बरामद गरेको छ ।

त्यसैगरी चोरीमा प्रयोग गरिने फलामको रड, पेन्चिस, ह्याक्सा ब्लेड, पिलास, तार कटर र फलामको कुटोसहितका सामान पनि प्रहरीले बरामद गरेर सार्वजनिक गरेको छ ।

तर प्रहरीले चोरीमा संलग्न यी दुईजनाको साथबाट ११ हजार पाँच सय ६८ रुपैयाँमात्रै नगद बरामद भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीका क्रममा हराएका सामानहरू आफ्नो भएको दाबी गर्न पनि सम्बन्धित घरधनीहरूलाई भनेको छ । निवेदकलाई चोरी भएका कुनै समान बरामदीमा रहेको भएमा पहिचान गरी छानबिनमा सहयोग गर्न पनि भनेको छ ।

उनीहरू संलग्न भएका चोरीका घटना

२०८१ वैशाख १२ गते पोखरा महानगरपालिका वडा नं. ३ नदीपुर गण्डकी बडी बिल्डिङ अगाडि रहेको बेथेस्टा इन्टरनेशनल ल्याङवेज सेन्टर प्रालिबाट १६ थान ल्यापटप चोरी । सोनी र क्यानन कम्पनीका ल्यापटपहरू बरामद ।

२०८१ वैशाख १६ गते पोखरा महानगरपालिका वडा नं. ०८ जाल्पारोडस्थितमा रहेको मनिका शाही गुरुङको बीन्स एण्ड बेरिज क्याफेबाट कफी बनाउने एउटा ठूलो मेसिन, ग्रयाण्डल एक थान चोरी भएको । ती दुवै सामान बरामद भइसकेका छन् ।

२०८१ वैशाख २९ गते पोखरा महानगरपालिका वडा नं. २७ खरानीफाँटस्थित प्रतिभा नेपालीको घर कोठाबाट डीजेआई म्याभिक लेखेको ड्रोन क्यामरा थान १, क्यानन कम्पनीको डीएसएलआर क्यामरा थान १, लेनेभो कम्पनीको ल्पापटप थान १, विभिन्न सुनका गरगहना चोरी भएको । ड्रोन क्यामेरा थान १, डीएसएलआर क्यामरा थान १ र ल्पापटप थान १ बरामद भएको ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित