राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद « Khabarhub

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद


२८ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसदहरुले भ्रष्टाचारको आरोपीलाई अनुसन्धानको दायरामा ल्याउन, सडक निर्माणलाई तीव्रता दिन, वर्षायाममा प्राकृतिक विपत्तिको तयारी र किसानलाई मलको उपलब्धता गराउन माग गरेका हुन्।   

सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचारको आरोपितलाई अनुसन्धानको घेरामा ल्याउन आग्रह गरे। सांसद पदमबहादुर परियारले पृथ्वीराजमार्ग पूर्वी खण्डको मुग्लिनबाट पोखरासम्मको सडक निर्माणलाई सावधानीपूर्वक तीव्रता दिन माग गरे। उनले सडक निर्माणका क्रममा बस्तीमा पर्न गएको असरप्रति सरकारको ध्यानाकर्षण गराए। 

सांसद पूजा चौधरीले वर्षायाममा रौतहटसहित तराइका कतिपय जिल्लाका बस्ती डुबानका कारण जोखिममा रहेकोप्रति ध्यानाकर्षण गराए। उनले नेपाल–भारत बैरगनियाको सिमाको ड्यामलाई बर्खायाममा खोल्ने भारतसँगको मौखिक सम्झौतालाई कार्यान्वयन गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरे। सांसद बलदेव बोहराले वर्षात्को समयमा किसानलाई सरकारले प्रयाप्त मल उपलब्ध गराउन माग गरे। सांसद रुक्मणी कोइरालाले लैङ्गिक बजेट ल्याउने र कार्यान्वयन गर्नतर्फ ध्यानाकर्षण गराइन्। उनले एक गाउँ एक उत्पादनको कार्यान्वयनका लागिसमेत जोड दिइन् ।

सांसद रेणु चन्दले सुदूरपश्चिममा आङ्गिक क्याम्पसका लागि अविलम्ब प्रयाप्त बजेट व्यवस्थापन गर्न माग गरिन् । सांसद विष्णुकुमारी सापकोटाले देशभर डढेलो नियन्त्रणका लागि ध्यानाकर्षण गराइन् । सांसद विष्णुबहादुर विश्वकर्माले संकटग्रस्त पालिकामा राहतको कार्यक्रम पुर्‍याउन ध्यानाकर्षण गराइन्। 

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ३ : २१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित