‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ’ « Khabarhub

‘स्टार्टअप’का कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउनुपर्छ’


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले ‘स्टार्टअप’ तथा नवउद्यमीलाई प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको जानकारी दिएका छन्।

शनिबार आयोजित ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४’ कार्यक्रममा उनले नयाँ सोच र विचारसहित आएका नवउद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रम अघि सारेको बताए।

‘नेपालका अधिकांश पुरुष काम वा अध्ययनका क्रममा विदेशमा रहेकाले पनि स्टार्टअपका कार्यक्रम महिलालाई लक्षित गरेर अघि बढाउन जरुरी देखिएको छ’, उनले भने, ‘महिलालाई नवउद्यमशीलतामा अघि बढाउन सकेको खण्डमा सकारात्मक प्रभाव पार्न पनि सकिन्छ ।’ मुख्यमन्त्री सिंहले ‘स्टार्टअपमा आधारित व्यवसाय सुरु गर्दा नाफा मात्र नभई घाटा पनि हुने बताए।

‘स्टार्टअप सुरु गर्नेबित्तिकै सफलता हात पार्न सकिन्छ भन्ने हुँदैन’, उनले भने, ‘स्टार्टअप गर्दाका भएका गल्ती र कमजोरीबाट सिकेर अघि बढ्नसके मात्रै अपेक्षाकृत नतिजा हात पार्न सकिन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समिति, मधेस सरकार र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘स्टार्टअप तथा नवउद्यमी सम्मेलन, मधेस प्रदेश २०२४ कार्यक्रममा स्टार्टअपसँग सम्बन्धित करिब चार सयभन्दा धेरै सहभागी रहेका छन् । 

मधेस प्रदेश उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ अन्सारीले स्टार्टअप व्यवसायकै माध्यमबाट मधेस प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जना गर्नसक्ने बताए। वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्टार्टअपसँगसम्बन्धी नयाँ सोच र भिजन लिएर आउने युवालाई सधैँ प्रोत्साहन गर्ने बताए। गुगल इन्डियाका स्टार्टअप प्रमुख अपूर्व चामरियाले स्टार्टअपको मार्केट विश्वव्यापी भएकाले सोहीअनुरुपमा नयाँ सोचको विकास गर्नुपर्ने बताए। ‘जहाँ समस्या हुन्छ । त्यहाँ नयाँ स्टार्टअपको जन्म पनि हुने गर्छ’, उनले भने, ‘समस्या भएको ठाउँमा स्टार्टअपका माध्यमबाट नयाँ विजनेसको सुरुआत पनि गर्न सकिन्छ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले मधेस प्रदेशमा स्टार्टअपको विकास गर्नका लागि सम्मेलन आयोजना गरेको बताए। ‘मधेस प्रदेशमा अथाहा सम्भावना रहेका छन् । ती सम्भावनालाई अवसरमा बदल्नका लागि यो कोशेङ्गा सावित हुने आशा गरेका छौँ’, उनले भने, ‘स्टार्टअप कार्यक्रमले नयाँ सोच भएका युवा र लगानीकर्ताबीच सेतुको काम गर्ने अपेक्षा राखेका छौँ ।’

नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेश स्टार्टअप समितिका संयोजक अनुप अग्रवालले राज्यले स्टार्टअपका नयाँ सोच लिएर आएका युवालाई सहुलियत कर्जा र बिनाधितो ऋण प्रवाह गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ४ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित