अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप « Khabarhub

अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप


२७ बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले इजरायलमा पठाइने शक्तिशाली बमको ठूलो खेप रोकेको छ । इजरायलले यी बमहरू राफाहमा सञ्चालन भइरहेको सैन्य कारबाहीमा प्रयोग गरेको हुन सक्ने बताउँदै बमसहित हतियार रोकेको हो ।

बीबीसीका अनुसार अमेरिकामा विद्यार्थी आन्दोलन निरन्तर बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो । अमेरिकाले अप्रिलको सुरुदेखि नै इजरायलले रफाहमा आक्रमण गर्न प्रयोग गर्न सक्ने हतियारको समीक्षा गरिरहेको थियो । पछिल्लो ८ महिनामा अमेरिकाले इजरायललाई हतियार पठाउन रोकेको यो पहिलो पटक हो ।

इजरायलले रफाहमा सैन्य कारबाही सुरु गरेको बेला यो जानकारी बाहिर आएको हो । अप्रिल ७ मा, इजरायली सेना ट्यांकहरू सहित दक्षिणी गाजाको रफाह क्षेत्रमा प्रवेश गरेको थियो । यसले इजिप्टसँगको गाजाको सिमाना कब्जा गरेको छ । तर, इजरायली सेनाले रफाहबाट १ लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने पनि बताएको छ ।

अमेरिकाले बम ढुवानी रोक्ने सम्बन्धमा इजरायलले भने सहयोगीहरूले पर्दा पछाडिको कुनै पनि असहमतिलाई समाधान गर्ने बताएको छ । इजरायलले अमेरिका सुरुदेखि नै आफ्नो सहयोगी भएको बताउदै इजरायलको सुरक्षा हितको रक्षा गर्न प्रतिबद्ध रहेको बताएको छ ।

तर, अमेरिकाको विरोधका बाबजुद इजरायलले रफाहमा सैन्य कारबाही गरिरहेको छ । अमेरिकी अधिकारीहरूले इजरायललाई यो सहरमा शरणार्थीहरूको संख्या उच्च रहेको भन्दै चेतावनी दिएका छन् । जसका कारण सैनिक कारवाही सुरु भएमा यहाँ ठूलो सङ्ख्यामा मानवीय क्षति हुनसक्छ । इजरायलले हमासलाई पूर्ण रूपमा ध्वस्त गरेपछि मात्र आराम गर्ने बताएको छ।

अमेरिकाले सुरुदेखि नै रफाहमा इजरायलको सैन्य कारबाहीको विरोध गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सहयोग गरेकोमा विरोधको सामना गरिरहेका छन् । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा लगातार प्रदर्शनहरू भइरहेका छन्। 

धेरै अमेरिकी सांसदहरूले पनि इजरायललाई पठाइएको सहायतामाथि प्रश्न उठाएका छन्। यस्तो अवस्थामा अमेरिकाले पहिलो पटक यस कारणले इजरायलमा पठाइने हतियारको खेपमा रोक लगाएको छ । यद्यपि पेन्टागन र अमेरिकी सरकारी अधिकारीहरूले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

रफाहमा इजरायलले सैन्य कारबाही सुरु गर्नुअघि पश्चिमा राष्ट्र र राष्ट्रसंघले इजरायललाई चेतावनी दिएका थिए। उनले शहरमा ठूलो मात्रामा आक्रमण गर्दा मानवीय विपत्ति निम्त्याउन सक्ने बताए । 

यस अघि विभिन्न मध्यस्थकर्ताले तयार गरेको युद्धविराम प्रस्तावमा हमासले सहमति गरेपनि इजरायलले भने त्यसलाई अस्वीकार गर्दै पुन: आक्रमण शुरु गरेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  १० : ०२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित