काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू )  « Khabarhub

काठमाडौंमा राप्रपाको प्रदर्शन, सुरक्षा व्यवस्था कडा (तस्बिरहरू ) 


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौँमा सुरु गर्न लागेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

प्रदर्शनका क्रममा निषेधाज्ञा तोड्न नदिने तथा शान्ति सुरक्षा कायम राख्नका लागि काठमाडौँ उपत्यकामा चार हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। उनले भने, ‘शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षा समितिको संयुक्त बैठकले चार हजारभन्दा बढीको सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको छ, हामीलाई आशा छ प्रदर्शनकारीहरूले निषेधाज्ञा तोड्ने छैनन् र अप्रिय घटना हुने छैन ।’

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गर्ने गरी तयारी गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

अहिले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रूपमा परिचालन भएका छन् ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ ।

उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौँमा आएका बताइएको छ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

तस्बिरहरु :

त

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : २८ बजे

सम्भावित भारी वर्षालाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

काठमाडौं– स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउँदै पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी

दसैँपछि जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको भीड

गुल्मी– बडादसैँको बिदा सकिएलगत्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीको चाप

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको