पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा « Khabarhub

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा लामिछाने बुधबार साँझ पशुपति मन्दिर क्षेत्रको आरती गर्ने ठाउँमा भेटिएकी छन् ।

गत वैशाख १९ गतेदेखि कलंकीस्थित मामाघरबाट हराएकी कम्प्युर इन्जिनियरिङ पहिलो वर्षकी विद्यार्थी उनलाई प्रहरीले वसन्तपुर क्षेत्रमा देखेको खुलेको छ ।

एकजना प्रहरी अधिकारीका अनुसार उनी शंकास्पद अवस्थामा काठमाडौंको वसन्तपुर क्षेत्रमा देखिएकी थिइन् । तर कस्तो अवस्था भन्ने ती प्रहरी अधिकारीले खुलाउन चाहेनन् ।

त्यसपछि उनी काठमाडौं उपत्यकाबाट बाहिर नगएको निष्कर्षसहित स्नेहाका अभिभावकलाई पनि साथमा लिएर प्रहरीले खोजीकार्यलाई तीव्र बनाएको थियो ।

सामाजिक सञ्जालसहित विभिन्न सञ्चारमाध्यममा हुलियासमेत जारी गरिएकाले अभिभावक र प्रहरीले उनको खोजी गरिरहेका थिए ।

वसन्तपुरमा देखिएकी उनी बुधबार पशुपति क्षेत्रमा देखिएको सूचना प्रहरी र अभिभावकलाई आएको थियो । त्यसपछि स्नेहाका बाबु र प्रहरीको टोली पशुपति क्षेत्रमा पुग्यो ।

बुधबार साँझ आरती हेर्न मानिसहरू जम्मा हुँदै थिए । आरतीस्थलमा स्नेहा देखिएको सूचना अन्तत: सही निस्कियो । बुवाले उनलाई चिने, एकसातादेखिको तनाव बुधबारदेखि हटेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता एवम् एसपी नवराज अधिकारीले स्नेहा अहिले अभिभावकसँग रहेको बताए ।

‘वैशाख १९ गते हराएदेखि यता उनले कसरी एक साता बिताइन् खुल्न सकेको छैन तर भेटिँदा थकित देखिए पनि उनको शरीरमा चोट पटक छैन’, अधिकारीले खबरहबसँग भने, ‘भर्खरै भेटिएकाले स्वास्थ्य जाँच पनि हुँदैछ । त्यसपछि सोधखोज हुन्छ अनि मात्रै विस्तृत विवरण खुल्न सक्छ।’

के थियो घटना ?

स्नेहाका काका दीपक लामिछानेका अनुसार वैशाख १९ गते उनी मामाघरमा हजुरआमा निदाएका बेला कलेज ब्याग बोकेर कलंकी खसी बजारतिर लागेकी थिइन् ।

मामाघरको सानो गल्लीबाट बिहान ११ बजेर ५७ मिनेटमा उनी कलंकी खसीबजारतिर जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको थियो ।

कालो पाइन्ट र सर्ट लगाएकी उनी खसी बजारबाट चक्रपथको बस चढेको सीसीटीभीमा भेटिएको थियो ।

स्नेहा सगरमाथा इञ्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरिङ पहिलो सेमेस्टरकी विद्यार्थी हुन् । उनले एसईई सगरमाथा बोर्डिङ र १२ कक्षा न्यू क्यापिटल कलेजबाट उत्तीर्ण गरेकी थिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ७ : ५१ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा