अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ? « Khabarhub

अनमोलले कटाक्ष गरेपछि प्रदीपको जवाफ : ए हो र ?


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अहिले मेरा कुनै योजना छैनन् । अरु कलारकारको जस्तो मेरो पाइपलाइमा १० वटा फिल्म पनि छैनन्’, यो वाक्यांश ‘फर्की फर्की’ चलचित्रको ट्रेलर सार्वजनिक क्रममा नायक अनमोल केसीले बोलेका हुन् ।

यो अनमोलले आफ्ना कामबारे दिएको जानकारी हो कि अन्य कलाकारलक्षित कटाक्ष हो उनै जानुन् । तर धेरै चलचित्रकर्मीहरूले उनको यो भनाइ अर्का नायक प्रदीप खड्कालक्षित कटाक्षका रुपमा बुझेका छन् ।

यो आशंका करिब करिब सत्यनजिक पनि छ । प्रदीपले पछिल्लो समय सातवटा फिल्ममा सम्झौता गरिसकेका छन् । अर्थात्, उनी नयाँ वर्षमा करिब करिब प्याक भइसकेका छन् ।

अर्को कुरा, अनमोलको प्रतिस्पर्धीका रुपमा प्रदीपलाई नै लिइन्छ । तर दुवै नायक यस कुरालाई स्वीकार्न तयार छैनन् । हुन पनि यी दुवैजनालाई एकअर्काप्रति शंका गर्नुपर्ने संयोग आइलागेको छ । यी दुई नायकको फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ जेठ १० गते एकै दिन दर्शकमाझ प्रतिस्पर्धामा उत्रिँदै छन् ।

सानो दायराको नेपाली चलचित्र क्षेत्रमा चल्तीका दुई नायक एक-अर्कासँग व्यक्तिगत तहमा चिनजान नभएको पनि बताउँछन् । यही कुराले यी दुईजनाको सम्बन्ध राम्रो छैन भन्ने चर्चालाई थप मलजल गरिरहेको छ ।

यी दुई कुरा नियाल्दा अनमोलले प्रदीपलाई कटाक्ष गरेनन् भन्न सकिन्न । अनमोलको कमेन्टबारेमा प्रदीपले पनि प्रतिक्रिया दिएका छन् ।

‘पुजार सार्की’को ट्रेलर सार्वजनिक कार्यक्रममा ‘मेरा १० फिल्म लाइनमा छैनन्’, भनेर अनमोलले तपाईंलाई कटाक्ष गर्नुभयो नि भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘ए! होर ?’

आफूमाथि अनमोलले कटाक्ष गरे पनि ‘बोल्नेको विवेक’मा रुपमा आफूले लिने प्रतिक्रिया प्रदीपले दिए ।

‘यो समान्य कुरा हो । मैले पहिला ४ वर्षमा एउटा फिल्म पनि गरेँ । अहिले एक वर्षमा चार फिल्म गरौँ न के हुँदो रहेछ भनेर प्रयोग मात्रै गर्न खोजेको । मैले प्रयोगबाट सिकिरहेको छु । कसैले केही भन्नुहुन्छ भने उहाँहरूको सोचाइ हो ।’

उनले अनमोलसँग व्यक्तिगत सम्बन्ध नरहेकोसमेत खुलाए । उनले भने, ‘उहाँसँग कार्यक्रममा मात्रै भेट हुने हो । बाँकी कुनै व्यक्तिगत सम्बन्ध छैन ।’

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १ : २० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित