गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण « Khabarhub

गृहमन्त्रीद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका वडा न. १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पुर्‍याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी दिएका छन्।

सो क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थ्यस्थितिमा पुर्‍याएको समस्याको बारेमा नगरपालिकाले गरिरहेको उद्धार, राहत र पछिल्लो समयमा नभएको पुनर्स्थापना लगायतको विषयमा मन्त्री लेखकलाई जानकारी गराएका थिए ।

त्यस्तै उनले बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपसको क्षेत्रको स्थलगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका छन् । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाभित्रमा बाढीपहिरोले पुर्‍याएको क्षतिले नागरिकले ब्यहोरिरहेको कष्टकर अवस्था र त्यसमा पालिकाले गरेको उद्धार सेवा लगायतको विषयमा जानकारी दिएका थिए। 

पालिका अहिले खोज, उद्धार, खाद्यान्न, स्वास्थ्य सेवा र विषेश गरी यातायात सेवालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए।

गृहमन्त्री लेखकले आज नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी भएर आज नै विपी राजमार्ग खण्डअन्तर्गत नमोबुद्ध नगरपालिकाको चौकीडाँडा र रोशी गाउँपालिकाको कटुञ्जे खण्डमा रोशी खोलामा गएको बाढीले पुर्‍याएको क्षतिको अवस्थाबारेमा स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  १ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित