सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा  « Khabarhub

सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छौँ : सञ्चारमन्त्री शर्मा 

सरकारप्रति अविश्वास हैन विश्वास गरेर अगाडि बढौँ


२५ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार जतिसक्दो चाँडो मिडिया काउन्सिल, सामाजिक सञ्जालसम्बन्धी र आमसञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा रहेको बताएकी छन्  ।

मंगलबार आयोजित सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा आफ्नो धारणा राख्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा छलफलको क्रममा रहेको र अन्य विधेयक पनि ल्याउने क्रममा रहेको बताइन् ।

मन्त्री शर्माले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’को ६ नं बुँदामा उल्लेख गरिएको परिषद् गठनबारे प्रस्ट पार्दै परिषद्को नेतृत्व सञ्चार मन्त्रालयले नै लिनुपर्नेमा जोड दिइन्।

परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री हुने र अन्य सम्बन्धित मन्त्रालयका सचिव र अन्य सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहने गरी अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

‘विधेयक एक ढङ्गले आयो, हामीले विकसित देशको उदाहरण पनि दिइरहेका छौँ, तर हामी हाम्रो सन्दर्भमा छौँ, हामीले अहिलेसम्म पनि सार्वजनिक सेवा प्रसारणको अभ्यास गरेका छैनौँ, धेरै वर्ष भयो, यो विधेयक समितिमा छ, राष्ट्रिय सभामा उत्पत्ति भएर यहाँ आएको सन्दर्भ पनि हो, त्यसकारण हामीले अरूको देखासिकी गर्नेभन्दा पनि हाम्रो सन्दर्भमा काम गर्नुपर्ने हुन्छ’, मन्त्री शर्माले भनिन् । सरकारप्रति अविश्वासभन्दा पनि विश्वास गरेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले समग्र कानुनलाई समेट्नेभन्दा पनि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभ्ने हिसाबले सार्वजनिक सेवा प्रसारण विधेयक ल्याएको उल्लेख गर्दै सञ्चार मन्त्रालयलाई नै विश्वास गरेर जिम्मेवारी दिनुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ३ : १७ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित