आजका समाचार : ११ देशबाट राजदूत फिर्तादेखि प्रधानमन्त्री प्रचण्ड शनिबार भारत जानेसम्म « Khabarhub

आजका समाचार : ११ देशबाट राजदूत फिर्तादेखि प्रधानमन्त्री प्रचण्ड शनिबार भारत जानेसम्म


२४ जेष्ठ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत र अमेरिकासहित ११ देशका राजदूतलाई सरकारले फिर्ता बोलायो
सरकारले भारत, अमेरिका र बेलायतसहित ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले तत्कालीन नेपाली कांग्रेससहितको गठबन्धन सरकारको पालामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारत, बेलायत, अमेरिका, दक्षिण कोरिया, कतार, साउदी अरब, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको बताइन् ।

मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने

प्रधानमन्त्री प्रचण्डलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी दिँदै

आयोगका उपाध्यक्ष श्रेष्ठ र युएन प्रतिनिधि हानाबीच भेटवार्ता

सुरक्षण मुद्रणसम्बन्धी विधेयक पारित
प्रतिनिधिसभाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ बहुमतले पारित गरेको छ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताइन् ।

सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

प्रतिनिधिसभा बैठक :अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता अनुमोदन

मधेशका मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन् ।

बुधबार जनकपुरस्थित मधेश प्रदेश सभामा बसेको बैठकमा विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका हुन् ।


१०७ सदस्यीय प्रदेश सभामा यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ । विपक्षमा भने ५३ मत परेको छ । सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।

मुख्यमन्त्रीलाई जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ । विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन् ।

दलको नेतालाई रोकेर सतिश सिंहलाई मधेसको मुख्यमन्त्री बनाउँदै जनमत

कोशी सरकारको नीति तथा कार्यक्रम पारित

अतिक्रमित संरचना भत्काउँदै नेपालगञ्ज उपमहानगर

चितवनका इँटा उद्योग पूर्ण रुपमा बन्द, एक अर्बभन्दा बढी नोक्सान

वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइनबाटै सुरु
विदेशस्थित नेपाली नियोगहरूबाट हुँदै आएको वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण अनलाइन प्रणालीबाटै हुने भएको छ ।

कन्सुलर सेवा विभागले बिहीबार काठमाडौंमा गरेको एक कार्यक्रमबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डोलप्रसाद अर्यालले उक्त अनलाइन प्रणालीको सुरुवात गरे ।


वैदेशिक रोजगारसम्बन्धी मागपत्र प्रमाणीकरण गर्दा भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्य अनुसार सूचना प्रविधिको प्रयोगमार्फत अनलाइनबाट प्रमाणीकरण गर्ने प्रकृया थालिएको विभागले जनाएको छ ।

सहकारी छानबिन समितिको दोस्रो बैठक शुक्रबार, कार्ययोजनाको मस्यौदा प्रस्तुत हुने

माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्ने

बजेट तुलनात्मक रुपमा सन्तुलित : महासचिव पोखरेल

जसपा नेपालको महाधिवेशनको तयारी तीव्र

१४ वर्षमा जम्मा ५९ किलोमिटर ट्रयाकबेड

अतिक्रमित संरचना भत्काउँदै नेपालगञ्ज उपमहानगर

अन्तराष्ट्रिय…

भाजपाले बहुमत नल्याउँदा मुस्किलमा मोदी, साना दललाई चित्त बुझाउनै पर्ने बाध्यता
भारतमा लोकसभा चुनावको नतिजा आइसकेको छ । चुनावी नतिजासँगै नरेन्द्र मोदीले तेस्रो कार्यकालको तयारी थालिसकेका छन् ।

तर उनको तेस्रो कार्यकाल सहज भने देखिएको छैन । सन् २०१४ र २०१९ मा भारतीय जनता पार्टीले बहुमत ल्याउँदा एकछत्र शासन गरेका मोदीलाई यस पटक सुरुबाटै मुस्किल आइलागेको छ ।

अहिले मोदी ३.० को तयारी चलिरहेको छ । त्यही तयारीअनुसार नरेन्द्र मोदी आगामी प्रधानमन्त्रीका रुपमा यही शनिबार शपथ लिने तयारीमा छन् ।

उनले त्यसका लागि दिल्लीमा भब्य तयारी पनि थालेका छन् । नेपाल र बंगलादेशसहित कयौँ छिमेकी मुलुकका सरकार प्रमुखलाई निम्ता पनि गरिएको छ ।

एक दिनलाई पछि सारियो मोदीको शपथ, अब आइतबार मात्रै

म्यान्मारमा पहिरोमा परी पाँच जनाको मृत्यु, सात बेपत्ता

भाजपा सांसद कंगना रनौतलाई चण्डीगढ विमानस्थलमा थप्पड

यमनमा सरकारी सेना र हुथी विद्रोहीबीच झडप, १८ लडाकुको मृत्यु

विद्यार्थी सङ्ख्या नियन्त्रण गर्ने अष्ट्रेलियाको कदम अर्थतन्त्रको लागि हानिकारक : सर्वोच्च निकाय

अफगानिस्तानमा सामुहिक कुटपिटको घटनाप्रति राष्ट्रसङ्घको चासो

सौर्य उर्जाको लगानीमा उच्च वृद्धि : आइइए

प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहिबार  ७ : ५९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित