पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी « Khabarhub

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका बासिन्दाहरूलाई तत्काल खाली गर्न सूचना जारी गरेको छ । 

आइडिएफ प्रवक्ता एकाइको अरब मिडिया डिभिजनका प्रमुख अविचाय अद्राईले बासिन्दाहरूलाई उनीहरूको सुरक्षाका लागि  तोकिएको मानवीय क्षेत्रहरूमा ‘तुरुन्त खाली’ गर्न आग्रह गरे । सूचनाले विशेषगरी अल–शौका नगरपालिका र रफाह क्षेत्रका अल–सलाम, अल–जिनेना, टिबा जारा र अल–बायुकका छिमेकमा बस्ने व्यक्तिहरूलाई लक्षित गर्दछ ।

गाजामा चलिरहेको बमबारीका बीच यो घोषणा आएको हो । अक्टोबर ७ देखि गाजा क्षेत्रममा उल्लेखनीय विनाश भएको छ । पहिला नै धेरै पटक विस्थापित भइसकेका रफाहका धेरै बासिन्दाहरूले द्वन्द्वका बीचमा थप विस्थापनको सम्भावनाको सामना गरिरहेको  सिएनएनले रिपोर्ट गरेको छ ।

मानवीय एजेन्सीहरूले राफाहको पूर्णस्तरको भूमि आक्रमणविरूद्ध चेतावनी दिएका छन् । उनीहरूले सहर र वरपरका १२ लाख विस्थापित प्यालेस्टिनीको पीडा र हताहतको पनि चेतावनी दिएका छन् । पहिलेदेखि नै गम्भीर अनिकालको सामना गरिरहेको उत्तरी गाजा महिनौँको द्वन्द्वले विचलित भएको विश्व खाद्य कार्यक्रमले स्पष्ट पारेको छ ।

आइडीएफका अन्तर्राष्ट्रिय प्रवक्ता कोलोनेल नदाव सोसानीले निकासीलाई व्यापक निकासीको सट्टा अस्थायी स्थानान्तरणको उद्देश्यले ‘सीमित स्कोप अपरेसन’ का रूपमा अघि बढेको बताए। 

इजराइली रक्षामन्त्री योव गालान्टले गाजाभित्रका सैनिकहरूलाई दिएको टिप्पणीले रफाह र अन्य क्षेत्रमा तीव्र सैन्य कारबाहीको तयारी भएको संकेत गर्दछ ।

हमासको सैन्य शाखाले दावी गरेको रकेट आक्रमणपछि मानवीय सहायताका लागि महत्त्वपूर्ण शालोम सीमा क्रसिङ बन्द भएपछि आइडीएफका सैनिकहरू हताहत भएका छन् ।

पूर्वी रफाह खाली गर्ने निर्णयले विस्थापित नागरिकहरूको सुरक्षा र गाजाभित्र सुरक्षित आश्रयको अभावबारे चिन्ता उत्पन्न गरेको छ ।

    

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित