५० वर्षअघिको त्यो सैन्य ‘कू’ : दिल्लीले शरण दिएको थियो शेख हसिना र उनकी बहिनीलाई « Khabarhub

५० वर्षअघिको त्यो सैन्य ‘कू’ : दिल्लीले शरण दिएको थियो शेख हसिना र उनकी बहिनीलाई


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा समयको चक्र घुमेर फेरि त्यहीँ पुगेको छ, जहाँ ५० वर्ष पहिले थियो । सन् १९७५ मा शेख हसिनाका पिता शेख मुजीब उर रहमान नेतृत्वको सरकारविरुद्ध सैन्य ‘कू’ भएको थियो ।

त्यसबेला मुजीबसहित उनको परिवारका १८ सदस्यहरूको हत्या गरिएको थियो । मुजीबका दुई छोरी शेख हसिना र शेख रिहानामात्रै बाँच्न सफल भएका थिए ।

सन् १९७५ मा उनका पिता तथा बांगलादेशका तत्कालीन प्रधानमन्त्री शेख मुजीब उर रहमानको हत्यापछि भारतले नै शेख हसिनालाई शरण दिएको थियो ।

१९७५ मा बंगलादेशमा भएको सैन्य ‘कू’ मा हसिना र रिहाना जोगिएका थिए । ‘कू’ हुनुभन्दा १५ दिनअघिमात्रै उनीहरु जर्मनी गएका थिए ।

हसिनाका पति ‘न्यूक्लियर साइन्टिस्ट’, जो त्यसबेला जर्मनीमै थिए । ३० जुलाई १९७५ मा हसिनाले आफ्ना पितासँग अन्तिमपल्ट भेटेकी थिइन् । दुई सातापछि १५ अगस्ट १९७५ मा हसिनाले सैन्य ‘कू’ मा पिताको मृत्यु भएको जानकारी पाएकी थिइन् ।

बंगलादेशका तत्कालीन प्रधानमन्त्री मुजीबको हत्या भएपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई दुवै छोरीको चिन्ताले सताउँछ । उनी जर्मनीमा भारतीय राजदूत हुमायुङ राशिद चौधरीलाई हसिना भएको स्थानमा पठाउँछिन् ।

इन्दिराले शेख हसिनाको जिम्मेवारी लिइन्

हसिनाको कुराकानी इन्दिरा गान्धीसँग भयो । उनले भारतमा शरण लिने फैसला गरिन् । अनि योजना बन्छ–कसैलाई कुनै जानकारी नहुने गरी हसिना र रिहानालाई भारत ल्याउनेबारे ।

२४ अगस्ट १९७५ दिउँसो शेख हसिनाले पतिका साथ जर्मनीको फ्र्यांकफर्टबाट भारतका लागि उडान भरिन् ।

भारतले उनलाई ल्याउन एयर इन्डियाको विमान जर्मनी पठाएको थियो । २५ अगस्ट १९७५ को बिहानै विमान दिल्ली अवतरण भयो ।

उनलाई ५६ रिङ रोडस्थित एक सेफ हाउसमा राखिन्छ । परिचय लुकाउन हसिना र उनका पतिलाई ‘मिस्टर’ र ‘मिसेज’ मजुमदारको नयाँ परिचय दिइन्छ । त्यसबेला स्वयम् प्रधानमन्त्री इन्दिरा गान्धीले उनीहरूको विशेष ख्याल राखिन् ।

कडा सुरक्षाबीच बसिन् हसिना

केही दिनपछि शेख हसिनालाई पन्डारा पार्कको ‘सी ब्लक’ स्थित तीन कोठाको घरमा स्थानान्तरण गरिएको थियो ।

उक्त घरको चौतर्फी सुरक्षाकर्मीको पहरा थियो । डिटेक्टिभ पनि तैनाथ गरिएको थियो । हसिनाका वैज्ञानिक पतिलाई नयाँ दिल्लीस्थित परमाणु ऊर्जा आयोगमा जागिर दिइयो । जहाँ उनले सात वर्ष काम गरे ।

यसका साथै सुरक्षाका तीन नियम बनाइएको थियो ।
१) शेख हसिना घर बाहिर निस्कन पाइने छैन ।
२) उनले कसैलाई पनि आफ्नो खास परिचय दिन पाइने छैन ।
३) दिल्लीमा कसैसँग पनि सम्पर्क गर्न पाइने छैन ।

प्रणव मुखर्जी अभिभावक

इन्दिरा गान्धीले प्रणव मुखर्जीलाई शेख हसिनाको जिम्मेवारी सुम्पिएका थिए । मुखर्जीले हसिनाको अभिभावकत्व निभाउन कुनै कमी गरेका थिएनन् ।

हसिना पनि मुखर्जीसँग मात्रै नभएर उनको घरपरिवारसँग घुलमिल भएकी थिइन् । हसिनाका छोरा जय र मुखर्जीका छोरा अभिजीतबीच गहिरो मित्रता थियो ।

मुखर्जीकी श्रीमतीले हसिनाको खास ख्याल राखिन् । २०१५ मा मुखर्जीकी पत्नीको निधन हुँदा शेख हसिना तत्काल दिल्ली पुगेकी थिइन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ३० बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका