अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी « Khabarhub

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासले परिणाम भोग्नुपर्ने प्योङयाङको चेतावनी


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– उत्तर कोरियाले मङ्गलबार यसै साता वासिङ्टन र सोलले सुरु गरेको ठूलो मात्राको सैन्य अभ्यासले ‘महँगो मूल्य’ तिर्नुपर्ने बताएको छ । साथै उसले दुवै सहयोगीलाई ‘उत्तेजित युद्धअभ्यास’ बन्द गर्न आग्रह गरेको छ । 

यसै वर्ष प्योङयाङले दक्षिण कोरियालाई आफ्नो ‘प्रमुख शत्रु’ घोषणा गरेको छ । साथै पुनर्मिलन तथा पहुँचका लागि समर्पित एजेन्सीहरूलाई अलग गरेको छ र ‘शून्य दशमलव ००१ मिलिमिटर’ सम्म पनि क्षेत्रीय उल्लङ्घन भए युद्धको धम्की दिएको छ । 

वासिङ्टन र सोलले प्योङयाङबाट लगातार बढ्दो आणविक धम्कीको जवाफ दिन आफ्नो तयारी बढाउनका लागि सन् २०२३ को तुलनामा दुई गुणा सैनिकको सहभागिताका साथ सोमबारदेखि उनीहरूको वार्षिक वसन्त सैन्य अभ्यास सुरु गरेको बताएका छन् । 

दुवैले ‘फ्रिडम सिल्ड’ मा ४८ फिल्ड अभ्यास समावेश गर्ने र क्षेप्यास्त्र अवरोध अभ्यास, बम विस्फोट, हवाई आक्रमण र प्रत्यक्ष हमला समावेश गर्ने बताएका छन् । 

उत्तर कोरियाको रक्षा मन्त्रालयका एक अज्ञात प्रवक्ताले सोल र वासिङ्टनलाई ‘लापरबाहीपूर्ण’ र ‘उत्तेजित युद्धअभ्यास’ बन्द गर्न आग्रह गरे । उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ । उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ । 

यस्तै प्रकृतिको पछिल्लो संयुक्त सैन्य अभ्यासमा हतियार परीक्षण गरिएको थियो । सोलले आफ्नो सेना उत्तर कोरियाको उक्साहटका लागि पूर्णरूपमा तयार रहेको जनाएको छ । 

उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई उत्तर कोरियाको ‘सबैभन्दा खतरनाक र पहिलो शत्रु राज्य तथा कट्टर शत्रु’ भन्दै गत महिना आक्रमण भएको अवस्थामा प्योङ्याङ दक्षिण कोरियाको ‘अस्तित्व मेट्न’ नहिचकिचाउने बताएका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  १२ : ०१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित