दशैंमा घर जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी औषधि


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालीहरूको महान् चाड बडादशैँको आगमनसँगै राजधानी शहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न कामका लागि राजधानी बसे, आजबाट विद्यालयहरूमा बिदा सुरु हुने र पारिवारिक मिलनका लागि आफ्नो गाउँ फर्कनेको चहलपहल बढेको छ ।  अब स्वास्थसंस्थाहरु पनि केही समय बन्द रहन्छन् भने ग्रामीण भेगको यात्राका कारण सहज स्वास्थ्य सेवा पनि नपाउन सकिन्छ ।

त्यो भन्दा महत्त्वपूर्ण कुरा त बसको यात्रामै पनि धेरैलाई बान्ता हुने हुन्छ । त्यसैले लामो दूरीको यात्राका क्रममा स्वास्थ्यसम्बन्धी कुनै समस्या नहोस् भन्नका लागि तपाईँले केही औषधि साथमा बोक्नु राम्रो हुन्छ ।

दशैँमा घर जाँदै गर्दा तपाईँले यस्ता केही औषधिहरू छुटाउनु हुँदैन : 

मास्क

अहिले हामी बिस्तारै गर्मी यामलाई छोडेर चिसोयाममा प्रवेश गरिरहेका छौँ । यस्ताे बेला मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि मास्कको प्रयोग अनिवार्य छ । त्यसबाहेक, धुलो धुवा, रुघाखोकी, भाइरल लगायत विभिन्नखाले सङ्क्रमणजन्य रोगबाट बच्न मास्कको प्रयोग अनिवार्य छ ।

बान्ता रोक्ने औषधी

कतिपय मानिसलाई लामो दूरीको यात्रामा बान्ता हुने गर्छ । जसका कारण मोसन सिकनेस, हावाको सिकनेस आदि हुन सक्छ । यदि कसैलाई मोसनको समस्या वा बान्ता आउने समस्या छ भने ओन्डेमलगायका औषधिको प्रयोगबाट यो समस्यालाई रोक्न सकिन्छ । यस्ता औषधि यात्रा गर्नु पूर्व करिब आधा घण्टा अगाडि सेवन गर्नुपर्छ । यसले बान्ता आउन नदिनुका साथै तपाईँलाई निद्रा लगाउँछ ।

बिरामीको नियमित औषधि

कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन। नियमित औषधि छुट्यो भने आफूले प्रयोग गरिरहेको औषधि सबै ठाउँमा पाइन्छ भन्ने हुँदैन। त्यसैले आफ्नो नियमित औषधि नछुटाउनुहोस्

प्राथमिक उपचारका सामग्री

लामो यात्रा गर्दा जहिले पनि प्राथमिक उपचारका लागि सामग्री बोक्न आवश्यक छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामाग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैँ गर्न सकिन्छ।

पखाला रोक्ने औषधि

बसमा लामो दुरीको यात्रा गर्दा अचानक पेट सम्बन्धी समस्या उत्पन्न हुनसक्छ । विशेषगरी पखाला लाग्दा वा तारनतार दिशा लागेमा तथा अचानक पेट दुखेमा यात्रा कष्टकर बन्न सक्छ । त्यसको रोकथामका लागि पखाला रोक्ने तथा पेटको दुखाई कम गर्ने औषधी साथमा राख्नुपर्छ ।

बच्चाको डाइपर र स्यानिटरी प्याड

यात्राको क्रममा साथमा साना बच्चाहरू छन् भने बच्चाले प्रयोग गर्ने डाइपर बोक्न अनिवार्य हुन्छ। बच्चाहरूले बेलाबेलामा दिसा पिसाब गर्दा सरसफाइमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ।

यस्तै महिलाले यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो । महिनावारीको समय नजिकिँदै छ भने झनै छुटाउनै हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। त्यस कारण आफूलाई आवश्यक नपरे पनि छेउछाउका अन्य व्यक्तिहरूले बोक्न बिर्सिँदा प्रयोग गर्न सजिलो हुन्छ। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १२ : ४३ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र