लगानीको वातावरणमा सुधार : ११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव « Khabarhub

लगानीको वातावरणमा सुधार : ११ महिनामा औद्योगिक क्षेत्रमा २ खर्ब लगानीको प्रस्ताव


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको तुलनामा नेपालको औद्योगिक क्षेत्रमा लगानीको वातावरणमा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको औद्योगिक क्षेत्रमा झण्डै सबा २ खर्ब लगानी प्रस्ताव भएको छ । 

उद्योग विभागकाअनुसार चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रमा २ खर्ब १७ अर्ब बराबरको नयाँ लगानी प्रस्ताव भएको हो ।

समीक्षा अवधिसम्म ३८३ वटा नयाँ उद्योग नेपालमा दर्ता भएका छन् । जसमध्ये ४९ वटा ठूलो उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग रहेका छन् । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार दर्ता भएका उद्योगहरूले २६ हजार २७ जनालाई नयाँ रोजगारी दिने प्रस्ताव गरेका छन् ।

११ महिनाको अवधिमा ३५५ वटा विदेशी लगानी स्वीकृत भएको र ती उद्योगहरूको ४४.३४ अर्ब लगानी समेत स्वीकृत भएको विभागले जनाएको छ । विदेशी लगानी स्वीकृत भएका उद्योगहरूले १७ हजार ६४२ जनालाई रोजगार दिने प्रस्ताव गरेका छन् ।

गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको औद्योगिक क्षेत्रको लगानी वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म विभिन्न ३२२ वटा स्वदेशी तथा विदेशी उद्योगहरूको लागि २ खर्ब १४ अर्ब मात्रै लगानी प्रस्ताव आएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा २ वटा उद्योगले प्याटेन्ट दर्ता, ११ वटा उद्योगले डिजाइन र ५४९४ वटा उद्योगले ट्रेडमार्क दर्ता गराएका छन् । त्यस्तै, उद्योग स्थापनाको लागि समीक्षा अवधिमा ४५ वटा कम्पनीहरूले प्रारम्भिक वातावरणीय परीक्षण समेत गरेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १० : २३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित