बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग « Khabarhub

बाढी प्रभावित शैक्षिक संस्थामा पढाईको वातावरण बनाउन कांग्रेसको माग


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन, र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत सरकारलाई ध्यानाकर्षण गरेको छ ।

सरकार प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी  र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ।  

कांग्रेस शिक्षा विभागको सचिवालय बानेश्वरमा बसेको बैठकले वर्षाका कारण भएका भौतिक तथा मानवीय क्षतिका प्रति संवेदनशील बनेर आवश्यक कार्य थाल्न सरकारसँग अनुरोध गरेको छ । 

शिक्षा विभागको तर्फबाट केही शैक्षिक सामाग्रीहरू प्रदान गरी शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्न सहयोग गर्ने निर्णय समेत विभागले गरेको छ । साथै, शिक्षा नीति निर्माण गर्न देशभरका ६,७४३ वडा, ७५३ पालिका र १६५ निर्वाचन क्षेत्रबाट सुझाव समेट्ने निर्णय गरेको छ ।साथै यस अघिको निवर्तमान विभागले तयार गरेको डकुमेन्टलाई समेत आधार बनाएर थप विमर्श चलाउने पनि काँग्रेसको निर्णयमा छ।

आज बसेको बैठकले संसद्‌मा थन्किएर बसेको विद्यालय शिक्षा विधयकमाथि सरोकारवालाहरुसंगको थप छलफल गरेर विधेयक पास गर्नुपर्ने र शिक्षा भित्रका विद्यमान रहेका समस्या समाधान गर्न संसद् र राजनीतिक दलहरूसँग माग गरेको छ । 

साथै, संविधानले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरसः लागू हुनुपर्ने र जीवन उपयोगी शिक्षालाई सीपसंग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताए ।

 नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको बैठकले देशभर भएको अविरल वर्षाबाट विभिन्न ३० जिल्लाका विद्यालय तथा विश्वविद्यालयमा भएको क्षतिका कारण शिक्षा क्षेत्रमा उत्पन्न भएको समस्या समाधान गरेर पढाई सुचारु बनाउन, र पीडित परिवारलाई आवश्यक सहयोगको निम्ति समेत  सरकारलाई ध्यानाकर्षण गरेको छ । प्रत्यक्ष मारमा परेका विद्यालय, विश्वविद्यालय, विद्यार्थी  र शिक्षकको समस्या केन्द्रीत हुनुपर्ने विभागको भनाई छ।

साथै, संविधानले सुनिश्चित गरेको निशुल्क स्वास्थ्य र शिक्षाको प्रावधान अक्षरशस् लागु हुनुपर्ने र जीवन उपयोगी ९व्यवहारीक० शिक्षालाई सीपसंग, सीपलाई उत्पादन र उत्पादनलाई बजारसंग जोड्ने विषय कार्यान्वयन गर्न सरोकारवाला सबैलाई अनुरोध गर्ने निर्णय गरेको संयोजक नैनसिंह महरले बताए । 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : ५४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित