मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने « Khabarhub

मन्त्रिपरिषद् हेरफेर गरिँदै, रञ्जिता पर्यटनमन्त्री बन्ने


२१ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल हेरफेरको तयारीमा लागेका छन् । उनले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिमण्डल हेरफेर तयारी गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ  

हाल संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री माओवादीका हितबहादुर तामाङ छन् । बालुवाटार स्रोतका अुनसार रञ्जितालाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि हितबहादुरलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ । 

अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । 

श्रेष्ठलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएपछि प्रचण्डले तामाङलाई तत्कालका लागि प्रधानमन्त्री कार्यालयमा रहने गरी विनाविभागीय मन्त्री बनाउने तयारीसमेत गरेको स्रोतको भनाइ छ ।

कैलाली-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्न लागेको स्वीकार गरेकी छन् । पर्यटनमन्त्री बन्न लागेको चर्चा छ नि भन्ने प्रश्नमा उनले खण्डन गरिनन् ।

‘चर्चा चलेको छ भने हो भन्दिनुस् न त,’ श्रेष्ठले खबरहबसँग भनिन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ४० बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित