चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन « Khabarhub

चीनमा सडक दुर्घटना : उद्धार र सुरक्षा सुधार गर्न राष्ट्रपति सिको निर्देशन


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा एक्सप्रेसवे दुर्घटनापछि शीघ्र उद्धार र विपद् राहतकार्य लागि  निर्देशन दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)पछिको अवस्थालाई  व्यवस्थापन गर्न सबै प्रयास गर्न निर्देशन दिएका हुन्।

सो प्रान्तको मेझोउ शहरको मेझोउ–डाबु एक्सप्रेसवेको चयाङ खण्डमा भूस्खलन हुँदा बिहीबारसम्म, प्रकोपले ३६ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको स्रोतले जनाएको छ । 

उनले भने, ‘क्षतिग्रस्त सडक मर्मत गर्न र ट्राफिक व्यवस्था सकेसम्म छिटो पुनःस्थापना गर्ने प्रयास गर्नुपर्छ, सबै क्षेत्र र सम्बन्धित विभागले जिम्मेवारी पुरा गर्न अनुगमन र चेतावनीलाई सुदृढ पारी आपतकालीन सुधार गर्नुपर्छ । प्रमुख क्षेत्रका जोखिमको अनुसन्धान गरी जनताको जीवन र सम्पत्तिको सुरक्षासहित सामाजिक स्थिरता सुनिश्चित गर्नुपर्दछ ।’

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १ : ५१ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित