‘राष्ट्रको लागि दुई घण्टा अभियान’मा एलओडी « Khabarhub

‘राष्ट्रको लागि दुई घण्टा अभियान’मा एलओडी


१७ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत ‘राष्ट्रको लागि २ घन्टा अभियान’ मा सहभागिता जनाएको छ ।

वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदुषण सम्बन्धी सचेतनामूलक जिङ्गल तथा सन्देशमुलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबले अन्य बार भन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले यस भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ ।

जस अन्तर्गत वातावरण प्रदुषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ ।

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे ।

यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे ।अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्वपूर्ण हुने उनले बताए ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।

‘विशेष गरेर मानवीय क्रियाकलापबाट वायु, जल, भू र खाद्य व्स्तुमा प्रदूषणले असर गरिरहेको छ,’ उनले भने, ‘क्लबमा आउने हरेक ग्राहकले आफूले वातावरणमा गर्नुपर्ने दायित्वकका बारेमा मनन गर्ने छन् ।’

त्यसैगरी, अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए । यस क्लबसँग गरेको सम्झौताले थोरै भए पनि राष्ट्र निर्माणमा योगदान गर्न बल पुग्ने उनले विश्वास व्यक्त गरे । वातावरण सफा राख्नु सबैको कर्तव्य रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार  ९ : २८ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित