‘अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन’ « Khabarhub

‘अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन’


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रमा बर्सेनि अदुवाखेती बढ्दै गए पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । जिल्लाको कटारी नगरपालिका-१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरूले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन् ।

‘यस क्षेत्रका अन्य अदुवा उत्पादक किसानले लामो समयदेखि व्यावसायिक अदुवाखेती गर्दै आएका छौँ, तर अहिलेसम्म पनि अदुवाले उचित मूल्य पाउन सकिएको छैन’, उनले भने । कटारी-९ बेतिनीका कृषक खेमबहादुर राउतका अनुसार अहिले पनि आफूहरूले उत्पादन गरेको अदुवाको मूल्य खरिदकर्ता वा विचौलियाले प्रतिकिलो ५० देखि ६० भन्दाबढी मूल्य निर्धारण नगरेका कारण आफूहरू बर्सेनि मारमा पर्दै आएको बताउँछन्।

जिल्लाको ताप्ली गाउँपालिका-५ रुपाटारका कृषक देवराज खड्काका अनुसार अधिकांश अदुवा खरिदकर्ता तथा विचौलियाले कृषकको अदुवाको मूल्य निर्धारण गर्ने गरेका कारण उचित मूल्य पाउन नसकिएको हो । मङ्सिर तथा पुसमै अदुवा खरिदकर्ता विचौलिया गाउँगाउँ प्रवेश गरेर अदुवाको मूल्य प्रतिकिलो रू ४० देखि ५० सम्ममै खरिद गर्न थालेपछि किसानहरुले उचित मूल्य नपाएको गुनासो गर्दै आएका छन् ।

त्रियुगा नगरपालिका-१४ साउनेका अदुवा उत्पादक कृषक शेरबहादुर समाल मगरले भने, ‘जिल्लाका अदुवा खरिदकर्ताले नै सुरुमा अदुवाको मूल्य निर्धारण गरिदिन्छन्, त्यसपछि थप मूल्यमा बिक्री गर्न गाह्रो हुन्छ ।’ उनका अनुसार यसरी सस्तो मूल्यमा आफूहरुले खरिद गरी महङ्गो मूल्यमा बाहिरका व्यापारीलाई उनीहरूले बिक्री गर्दै आएका छन् । 

जिल्लामा उत्पादित अदुवा गाईघाट कटारी क्षेत्रसहित सिरहा, लहान तथा मिर्चैयाका व्यापारीहरुले अदुवाको मूल्य निर्धारण गर्ने गरेको र उनीहरुले आफ्नो महँगो मूल्यमा विराटनगर, वीरगञ्ज, जनकपुरका व्यापारीलाई बिक्री गर्ने गरेको जिल्लाका अधिकांश अदुवा उत्पादक किसानहरुको गुनासो छ । कटारी नगरपालिका–३ रिस्कुका एक अदुवा उत्पादक किसान ललित दनुवारले भने , ‘अदुवाखेतीका लागि बैंकबाट लाखौँ रकम ऋण लिन्छौँ, तर उत्पादित अदुवाले उचित मूल्य पाउन नसक्दा ऋण तिर्नसमेत हम्मेहम्मे हुने गरेको छ ।’

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार अहिले जिल्लाको कटारी नगरपालिका क्षेत्रको सिरिसे, हर्देनी, बेतिनी, मयङ्खु, सोरुङछबिसे, घुर्मी, सोमबारे, रिस्कु क्षेत्रसहित ताप्ली गाउँपालिकाको रुपाटार, ठानागाउँ, ओख्ले र मादले क्षेत्र अदुवा पाकेट क्षेत्र मानिन्छन् । 

उदयपुरगढी गाउँपालिकाको भलायडाँडा, तावाश्री, दनुवारबेँसी क्षेत्र पनि अदुवा उत्पादन हुने पकेट क्षेत्रका रुपमा रहेका छन् । त्रियुगा नगरपालिकाको साउने, खाँबु, चिलाउने र चौदण्डीगढी नगरपालिकाको सिद्धिपुरसहितका क्षेत्र जिल्लाको अदुवा पाकेट क्षेत्रका रुपमा रहेको जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले बताए ।

उनका जिल्लामा हाल पाँच सय ८८ हेक्टर क्षेत्रफलमा अदुवाखेती हुँदै आएको छ । चालु आर्थिक वर्षमा जिल्लामा १२ हजार तीन सय ३१ मेट्रिक टन अदुवा उत्पादन भएको उनको भनाइ छ । जिल्लामा उत्पादन हुने अधिकांश अदुवा खरिदकर्ताले पूर्वको विराटनगर, वीरगञ्ज हुँदै भारतर्फ पैठारी हुने गरेको व्यापारी बताउँछन् । किसानहरु अदुवाको मूल्य प्रतिकिलो रू ८० देखि एक सय बताउँदै आएका छन् । 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ५ : १२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित