देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति- अब संसार बुझेका युवाले अब जवाफ खोजून् « Khabarhub

देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति- अब संसार बुझेका युवाले अब जवाफ खोजून्


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनी अभिव्यक्ति दिएको भन्दै प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले आपत्ति जनाउँदै देउवाको अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको बताएका छन् । 

हरेक युवामा आफ्ना छोरा जयवीर देउवाको छवि देख्न नसक्नु शेरबहादुरको डरलाग्दो कमजोरी रहेको भन्दै उनले आफूहरुले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो देखिएकाले अब संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोज्नुपर्ने बताएका छन् । 

फेसबुकमा उनले लेखेका छन् : 

देशको ठूलो पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिनहुँजसो सयौं र हजारौंको संख्यामा युवा र विद्यार्थी विदेश पलायन भइरहेको भए पनि “रहर पुगेपछि फर्कने” भनी दिनुभएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण छ । सत्ता साझेदार दलको प्रमुख नेताले युवा पलायनको गम्भीर विषयमा हल्काफुल्का जवाफ दिनु अशोभनीय छ। युवा पलायन वर्तमानको मात्रै होइन, भावी नेपालका लागि समेत चिन्ताको विषय हो । अहिले नै गाउँ गाउँमा युवा रित्तिएका छन्, ५० लाखभन्दा बढी युवा विदेशीएका छन्, ति मध्ये केही युवा फर्केलान् तर अधिकांशको फर्कने टुंगो छैन ।

युवाको अत्यासलाग्दो ढंगबाट भइरहेको विदेश पलायन र स्वदेशमै रहेका युवालाई रोक्ने, सम्मानजनक काम र अवसर सिर्जना गर्ने, विदेशीएका युवालाई स्वदेश फर्काउने, नेपाल निर्माणको साझेदार बनाउनेबारे देशभित्रका शक्तिहरुले साझा राष्ट्रिय संकल्प लिनुपर्ने बेलामा जिम्मेवार दलको जिम्मेवार नेताले दिनुभएको यस्तो अभिव्यक्तिले मलाई चाहिँ पीडाबोध गराएको छ। हरेक युवामा उहाँले आफ्नो छोरा जयवीर सिंह देउवाको छवि देख्न नसक्नु डरलाग्दो कमजोरी हो ।

दुबई, कतार, मलेशिया, सिंगापुर जस्ता देशहरू बनाउन सक्ने नेपाली युवाले आफ्नो देश पनि बनाउन सक्छन्। आफ्नो देश बनाउनबाट तिनलाई कसले बञ्चित गरायो ? यो प्रश्नको जवाफ खोज्न ०६२-६३ को परिवर्तन, गणतन्त्र, गणतन्त्रपछि राज्य सञ्चालनको तौरतरिका र गणतन्त्रका नेताहरूलाई धारेहात लगाउनुपर्ने हुन्छ। हामीले मात्रै एकोहोरो भनिरहँदा विरोध गरेजस्तो मात्रै हुने, संसार देखेका, भोगेका र बुझेका युवाले अब जवाफ खोजून् ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : ४५ बजे

राजनीतिक जिम्मेवारी लिएका तीन कर्मचारीमाथि कारबाही सिफारिस

काठमाडौँ– राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीमाथि कानुनी कारबाही

किसानलाई जै घाँसको बीउ वितरण, पशुलाई पोषणयुक्त आहारा हुने

बनेपा– रविओपीस्थित देउराली दुग्ध उत्पादक सहकारी संस्था र सेतीदेवी दुग्ध

बुढीगण्डकीको बाढीले शान्तिबजारका बस्ती डुबानमा, विस्थापित परिवार टेन्टमा (तस्बिरहरू)

गोरखा– बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजार बस्ती

प्रतिकूल मौसमको जोखिम : उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह

काठमाडौँ – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा,

तिहार र छठ नजिकिएसँगै माटो र बाँसका सामग्रीको माग बढ्यो

सप्तरी- तिहार र छठपर्व नजिकिएसँगै सप्तरीको राजविराज बजारमा माटो र