नारायणगढ-बुटवल खण्ड : हिलाम्ये सडकमा सकसपूर्ण यात्रा « Khabarhub

नारायणगढ-बुटवल खण्ड : हिलाम्ये सडकमा सकसपूर्ण यात्रा


१२ भदौ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै कठिन हुने गरेको नियमित हिँड्डुल गर्ने यात्रुहरु बताउँछन् । 

कावासोतीको थकालीचोकमा व्यवसायी माधव सुवेदी यहाँबाट नारायणगढ पुग्न करिब दुई घण्टा लाग्ने गरेको गुनासो  गर्छन्। ‘दूरीको हिसाबले जम्मा ३० किलोमिटर छ, कावासोतीबाट मोटरसाइकल लिएर नारायणगढ पुग्दा दुई घण्टा लाग्छ’, उनले भने, ‘सडकमा ठूल्ठूला खाल्डा बनेका छन्, पानी परेको बेलामा खाल्डा नदेख्दा बाइक ती  खाल्डोमा पर्छ ।’

बर्खाको समयमा सडकमा बनेका खाल्डाखुल्डी नगरिदिँदा साना सवारीसाधनलाई यस सडकमा आवतजावत गर्नै समस्या हुने गरेको व्यवसायी सुवेदी बताउँछन्। ‘पसलको सामान लिन नारायणगढ पुग्यो, उहाँ पुग्दा पूरै हिलैहिलो भइन्छ’, उनले भने, ‘आफ्नै सवारीसाधनमा जाँदा त दुई घण्टा लाग्छ, यस मार्गमा चल्ने बसमा नारायणगढ पुगेर आउँदा पूरै दिन लाग्छ ।’ 

बिग्रिएको सडकका कारण साना सवारीसाधन तथा चालकसहित ठूला सवारीसाधनलाई समेत उस्तै सास्ती खेप्नुपरेको छ । नारायणगढ–नेपालगञ्ज मार्गमा चल्ने यात्रुवाहक बसका सञ्चालक यदुनाथ खरेल यो बाटोमा नयाँ गाडी हालेको एक वर्षमै पुरानो भएको गुनासो गरे । ‘सडकको अवस्था खराब छ, यात्रुलाई समयमै गन्तव्यमा पुर्‍याउन नसक्नु अर्को पीडा छ’, उनी अगाडि थप्छन्, ‘त्यसमाथि एक–दुईपटक अपनडाउन गरेपछि बस पत्रु हुन्छ र सर्भिसिङ गर्नुपर्ने अवस्था आउँछ ।’ 

सडकका खाल्डाखुल्डीका कारण पार्टपुर्जा बिग्रिने र भाँचिने समस्या समेत आउने गरेको सञ्चालक खरेलको भनाइ छ । ‘सडकमा जमेको पानीका कारण खाल्डोमा गाडी पर्दा बडी ठोक्किन्छ, त्यो बेलामा मनै चसक्क हुन्छ’, उनले भने, ‘लाखौँ रुपैयाँ खर्चेर किनेको गाडी ढुङ्गामा ठोक्किँदा असाध्यै पीडा हुन्छ । गाडी नचलाएर पनि भएन ।’ 

‘नारायणगढबाट बुटवलसम्मको एक सय १३ किलोमिटर सडक पार गर्न बर्खाको समयमा सात घण्टासम्म लाग्छ । सडक निर्माण गर्नुपर्ने  अवस्थामा पुगे पनि खाल्डाखुल्डी पुरिदिए मात्र हामीलाई धेरै सहज हुने थियो’, सञ्चालक खरेलले भने, ‘यो सडकमा केही किलोमिटर मात्रै कालोपत्र देख्न सकिन्छ, बाँकी सबै खाल्डाखुल्डीमा यात्रा गर्नुपर्छ । सडक निर्माणमा ढिलाइ भएका कारण बस व्यवसायी तथा यात्रुहरूले निकै सास्ती भोग्नु परेको छ । ‘सडक विस्तारको काम सुरु गर्नुअघिसम्म नारायणगढबाट बुटवल पुग्न जम्मा दुई घण्टा लाग्ने गरेको बस चालकहरू बताउँछन् । 

पछिल्लो दस वर्षदेखि यस सडकमा गाडी चलाउँदै आएका वीरबहादुर महतोले पहिले दैनिक तीन पटकसम्म गाडी चलाउने गरेकामा अहिले एकपटक आउन र जान पनि ढिला हुने गरेको बताउँछन् । पाँच वर्ष अगाडिदेखि सुरु भएको सडकको दुरावस्था अझै समाधान नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ३ : २९ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित