बंगलादेशमा पूर्ववायुसेना प्रमुख कारागार चलान « Khabarhub

बंगलादेशमा पूर्ववायुसेना प्रमुख कारागार चलान


१२ पुस २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको एक अदालतले आगामी महिना हुने निर्वाचनअघि प्रधानमन्त्री शेख हसिनाका राजनीतिक विपक्षीहरूलाई दोषी ठहर गर्ने पछिल्लो कदममा बिहीबार पूर्ववायुसेना प्रमुख र एक पूर्वमन्त्रीलाई कारागारको सजाय सुनाएको छ ।

सन् १९९५ सम्म वायुसेनाको नेतृत्व गर्ने अल्ताफ हुसेन प्रधानमन्त्री हसिनाको सत्तारूढ अवामी लिगको प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) मा सामेल  भएका छन् । सन् २०११ मा हिंसात्मक विरोध प्रदर्शनलाई उक्साएको आरोपमा ढाकाको अदालतले कारागार पठाएका आठ जनामा हुसेन र बिएनपीका पूर्वजलमन्त्री हफिजुद्दिन अहमद थिए । उक्त प्रदर्शनमा बिएनपीका समर्थकहरूले कारहरूमा आगजनी गरेका थिए । 

मुख्य अभियोजक अब्दुल्ला अबुले भने, ‘उहाँहरूलाई २१–२१ महिनाको कारागारको सजाय सुनाइएको छ।’ विपक्षीले अदालतमाथि आगामी जनवरी ७ को निर्वाचनअघि प्रधानमन्त्री हसिनाका विरोधीहरूलाई कारागारमा हाल्न सरकारी निर्देशनहरूको पालना गरेको आरोप लगाएको छ र मुद्दालाई ‘आधारहीन, झुटो र मनगढन्ते’ भन्दै अस्वीकार गरेको छ । 

निर्वाचन स्वतन्त्र र निष्पक्ष नहुने भन्दै बिएनपी र मुलुकको सबैभन्दा ठूलो इस्लामी पार्टी जमात–ए–इस्लामीले दर्जनौँ साना दलहरूसँग मिलेर निर्वाचनलाई बहिष्कार गर्दैछन् । दुवै दलले प्रधानमन्त्री हसिनाको राजीनामा र निर्वाचनको निरीक्षण गर्न तटस्थ कार्यवाहक सरकार गठनको माग गर्दै यस वर्ष ठूलो विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । 

बिएनपीका अनुसार सेप्टेम्बरदेखि बंगलादेशमा उसका सम्पूर्ण वरिष्ठ नेतृत्वसहित विपक्षी दलहरूका २५ हजारभन्दा बढी सदस्यलाई गिरफ्तार गरिएको छ । यद्यपि हसिना सरकारले उक्त आँकडालाई अस्वीकार गर्दै ११ हजारलाई मात्र हिरासतमा लिइएको बताएको छ । 

‘अहिलेसम्म तल्लो अदालतहरूले पछिल्ला तीन महिनामा कम्तीमा एक हजार पाँच सय ६१ बिएनपी कार्यकर्ता र नेतालाई दोषी ठहर गर्दै सजाय सुनाएका छन्’, बिएनपीका कानूनी मामिलाप्रमुख केसर कमालले भने, ‘यीमध्ये केही अदालतले सरकारको आदेशमा विपक्षी नेता तथा कार्यकर्तालाई लक्षित गरी राजनीतिकरूपमा प्रेरित फैसला सुनाएका छन् ।’

मुख्य अभियोजक अबुले कमालको आरोपलाई अस्वीकार गर्दै मुद्दा चलाइएका र सजाय सुनाइएका व्यक्तिहरूविरुद्ध स्पष्ट प्रमाण रहेको बताए । 

सन् २००९ मा प्रधानमन्त्री पदमा फर्किएपछि तीव्ररूपमा विकास भएको तयारी पोशाक निर्यात उद्योगको बलमा हसिनाले अभूतपूर्व आर्थिक वृद्धिको नेतृत्व गरेका छन् । यद्यपि विरोधीहरूले हसिनाले कठोर शासन गरेको र उहाँको सुरक्षा बलले व्यापकमात्रामा मानवअधिकारको उल्लङ्घन गरेको आरोप लगाएका छन् । 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : १४ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित