खानीगाउँमा फोरजी इन्टरनेट सेवा विस्तार  « Khabarhub

खानीगाउँमा फोरजी इन्टरनेट सेवा विस्तार 


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलेवा– जिल्लाको दुर्गम गाउँ ढोरपाटन नगरपालिका-६ खानीगाउँमा नेपाल टेलिकमको फोरजी इन्टरनेट सेवा विस्तार गरिएको छ । टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । 

नेपाल टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यअनुरूप देशभरका विकट र दुर्गम बस्तीलाई प्राथमिकतामा राखेर सेवा विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिएको नेपाल टेलिकम बागलुङका प्रमुख वरिष्ट इञ्जिनियर केशव शर्माले बताए । 

‘खानीगाउँमा एक वर्ष पहिले नै टुजी र थ्रिजीको इन्टरनेट सेवा विस्तार गरेका थियौँ’, प्रमुख शर्माले भने, ‘विकट स्थानलाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने कार्यालयको उद्देश्यअनुरूप यस वर्षदेखि फोरजी इन्टरनेट सेवा सञ्चालन गरेका हौँ ।’

खानीगाउँमाथि रहेको डाँडामा १२ मिटर अग्लो टावर निर्माण गरी फोरजी इन्टरनेट सेवा उपलब्ध गराइएको प्रमुख शर्माले बताए। उनले सेवाबाट खानीगाउँसहित खिबाङ, खोरिया, थाम्का र चामीदुवार गाउँका दुई सय बढी घरधुरी प्रत्यक्ष लाभान्वित भएको जानकारी दिए ।  

जिल्लाकै निकै दुर्गम र विकट रहेको स्थानमा फोरजी मोबाइल सञ्चालन भएसँगै इन्टरनेटको पहुँचबाट टाढा रहेका नागरिकलाई जोडन सफल भएको टेलिकमले जनाएको छ । फोरजी सेवा सञ्चालन भएपछि गाउँमै मोबाइल डेटामार्फत् इन्टरनेट चलाउन सहज भएको स्थानीय रेशम बुढामगरले बताए । 

उनले सूचना र सञ्चारको व्यवस्था नहुँदा केही वर्ष पहिलेसम्म हुलाक र कटुवाल प्रथाको भरपर्नुपर्ने बाध्यता अहिले टेलिफोन, मोबाइल र इन्टरनेटको सुविधाले हट्दै गएको बताए । ‘भौगोलिक हिसाबले विकट रहेको गाउँमा मोबाइल सेवा नहुँदा सञ्चारमा समस्या रहेको थियो’, मगरले भने, ‘कुनै जानकारी, सूचना आदानप्रदान गर्न सहज भएको छ ।’

 

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : १६ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित