दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात : अर्थमन्त्री  « Khabarhub

दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात : अर्थमन्त्री 


११ श्रावण २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन् । 

नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज यहाँ आयोजित बहुआयामिक हलोक्रान्ति (२००६ विषयक एक दिवसीय विचार गोष्ठीमा उनले दुराडाँडाको हलोक्रान्ति चेतना र क्रान्तिको सुरुवात भएको धारणा राखे।

‘शिक्षाको चेतना व्यापक भएको लमजुङको दुराडाँडामा चेतनाकोस्तर विकसित भएको कारण नै हलोक्रान्ति भएको भन्ने मलाई लाग्छ,’ उनले भने,  ‘हलोक्रान्ति सामान्य घटना होइन, हलोक्रान्तिको अगुवाई चारजना महत्वपूर्ण व्यक्तिले गर्नुभयो, त्यसबेला ब्राम्हणले हलो जोत्ने घटना असामान्य थियो ।’ गलत परम्परालाई हलोक्रान्तिले तोडेको भन्दै उनले गलत प्रवृत्ति, अन्धविश्वासलाई छाड्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । 

उनले सबै जातजाति, भाषाभाषी, संस्कृति, सम्पदाको संरक्षण गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे । दुराडाँडालाई पहिलेको जस्तो हराभरा र स्मृतिलाई ताजा बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ । 

हलोक्रान्तिको महत्वलाई देशभर लैजानुपर्ने भन्दै उनले दुराडाँडामा निर्माण गर्न लागिएको हलो पार्क र हलो स्तम्भलाई सरकारको तर्फबाट सहयोग हुने अर्थमन्त्री डा महतले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले श्रम र शिल्पबाट ठूलो र सानो जातिको उदय भएकाले त्यसलाई अन्त्य गर्न लमजुङबाट हलोक्रान्तिको थालनी भएको बताए। ‘दुराडाँडामा ७४ वर्ष पहिले भएको हलोक्रान्ति शान्तिपूर्ण सांस्कृतिक क्रान्तिको उदाहरण हो,’ उनले भने । कूलपति राईले प्रज्ञा प्रतिष्ठानभित्र हलोक्रान्तिलाई ७४ वर्षपछि आफ्नो विषय बनाएर अगाडि बढ्न लागेको बताए। 

लम्जुङ सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले मुलुकको विकृति विसङ्गतीकाविरुद्ध सांस्कृतिक क्रान्तिको थालनी हलोक्रान्ति भएको बताए ।’राणा शासनको अन्त्य गरी मुलुकलाई सही ढङ्गले अगाडि बढाउन र विकृति, विसङ्गतिको अन्त्यका लागि हलोक्रान्ति भएको थियो,’ उनले भने पण्डित तोयानाथ अधिकारी र खजे दुरालाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गर्न सुन्दरबजार नगरपालिकाले प्रस्ताव अगाडि सारेको उनको भनाइ थियो । 

विश्व हिन्दू महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारीले शोषक र शोषितको दूरी अन्त्य गर्दै समानतामूलक समाज निर्माणका लागि हलोक्रान्ति भएको बताए। प्रतिष्ठानका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले दुराडाँडामा हलो पार्क र हलो स्तम्भ निर्माण गर्नका लागि प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानका उपाध्यक्ष श्रीप्रसाद अधिकारीले हलोक्रान्तिलाई जीवन्त राख्न प्रतिष्ठानले काम गरिरहेको उल्लेख गरे ।

हलो क्रान्तिको नेतृत्व तोयनाथ अधिकारी, शेषकान्त, हरिभक्त पौडेल र श्रीकान्त अधिकारीले लिएका थिए । सोही क्रान्तिमा उनीहरुसँगै २७ ब्राम्हणले हलो जोतेका थिए । सोही अवसरमा पण्डित तोयनाथ अधिकारीको बुहारी सुशीला अधिकारी, लेफ्टिनेन्ट शेषकान्त अधिकारीका छोरा डा पूर्णकान्त अधिकारी, मुखिया  हरिभक्त पौडेलकी बुहारी लक्ष्मी पौडेल र श्रीकान्त अधिकारीकी श्रीमती गायत्री अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ५ : ३५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित