प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता


१४ बैशाख २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी थिए ।

भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

“भेटमा अदालतको बजेट, भौतिक पूर्वाधार, मर्यादाक्रम र न्यायाधीशको तलबका विषयमा विस्तृतरूपमा छलफल भएको थियो”, भेटघाटमा भएको विषयमा जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, “दिइरहेको बजेटमा पनि घटाउँदा न्यूनतम व्यवस्थापन, सञ्चालनमा समस्यामा परेको देखिएकाले न्यायपालिकाको स्वायत्तताका लागि सरकारले सहजीकरण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो ।”

त्यस्तै, कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग आज उपप्रधानमन्त्री एवां कानून, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो । प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानून मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने सहयोगका विषयमा के–के गर्न सकिन्छ आफूले भूमिका खेल्ने बताएका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ४२ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित