शहरीको सहमतिबिनै सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा  « Khabarhub

शहरीको सहमतिबिनै सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीको सरुवा 


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सहरी विकास मन्त्रालयको जानकारी बेगर नै सो मन्त्रालयका विभाग-कार्यालय-आयोजनामा कार्यरत प्राविधिक कर्मचारीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य निकायमा सरुवा गरेपछि समस्या उत्पन्न भएको छ ।

यसले गर्दा सहरी मन्त्रालयको कार्यक्रम कार्यान्वयनमा गम्भीर समस्या उत्पन्न भएकाले मन्त्रालयअन्तर्गतका प्राविधिक कर्मचारीको सरुवा गर्दा मन्त्रालयसँग समन्वय गरेर मात्र गरिदिन सहरी मन्त्रालयले सामान्य मन्त्रालयलाई अनुरोध पठाउने भएको छ ।

सहरी मन्त्रालयको आज सम्पन्न समीक्षा बैठकले सो सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पठाउने र सोको जानकारी प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयलाई दिने निर्णय गरेको हो ।

यसैगरी बैठकले मन्त्रालयको आर्थिक वर्ष ०८०-८१ को वित्तीय र भौतिक प्रगति वृद्धि गर्न महाशाखा, विभाग, आयोजना र मातहतका सबै निकायले प्रत्येक महिनाको पहिलो हप्तामा आन्तरिक बैठक बसी समस्याको पहिचान र तत्काल समाधान गर्नुपर्ने काम पहिचान गरी सोको जानकारी मन्त्रालयलाई दिने निर्णय गरेको छ ।

बैठकले प्रत्येक महिनाको तेस्रो हप्ता मन्त्रालयमा विभागीय प्रमुख र आयोजना प्रमुख र कार्यालय प्रमुखको समीक्षा बैठक बसी आयोजनाको समस्या समाधान गर्न समन्वय र सहजीकरण गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयअन्तर्गतका सबै केन्द्रीय निकाय र आयोजनाको तल्लो एकाइ र निकायमा कार्य प्रगति वृद्धि गर्न अनिवार्यरूपमा दोस्रो र तेस्रो चौमासिकमा मन्त्रालय र विभागले स्थलगत अनुगमन, मूल्यांकन गरी संस्थागत अभिलेखीकरण गर्ने बैठकको निर्णय छ ।

मन्त्रालयअन्तर्गतका कार्यक्रम अन्य संघीय मन्त्रालय र कार्यालय, प्रदेश, स्थानीय तहहरूसँग समेत दोहोरिएका देखिएकाले यस्ता कार्यक्रम कार्यान्वयन गर्दा सम्बन्धित संघीय कार्यालय, प्रदेश कार्यालय र स्थानीय तहहरूलाई जानकारी गराई कार्यान्वयन गर्न मन्त्रालयका दुवै विभागले मातहतका कार्यालयलाई जानकारी गराउने बैठकको निर्णय छ ।

बैठकमा सहरी विकासमन्त्री सीता गुरुङले मन्त्रालयको वित्तीय र भौतिक प्रगति वृद्धि गर्न महाशाखा, विभाग, आयोजना र मातहत निकायका प्रमुखलाई निर्देशन दिएका थिए । 

बैठकमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, नगर विकास कोष, राष्ट्रिय आवास कम्पनी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, राष्ट्रिय भवन प्रविधि अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र सबै कार्यान्वयन एकाइरकार्यालयरआयोजनाका प्रमुखको सहभागिता थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ०५ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित