बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा « Khabarhub

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा


८ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– दुधौरा खोलाबाट बालुवा उत्खनन गरेर जाँदै गरेको १० ट्याक्टरलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ बजनीस्थित खटिएको प्रहरी टोलीले दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुर तर्फ जाँदै गरेको अवस्थामा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले साँझ ८ वटा र दिउँसो दुई वटा गरी १० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, बारा, कलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार प्रहरीले ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० लाई साँझ साढे ५ बजे पक्राउ गरेको हो ।

त्यसैगरि जीतपुरसिमरा ४ स्थित दुधौरा खोलामा ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ न.गरी जम्मा १० वटा ट्रयाक्टरलाई दिउँसो नियन्त्रणमा लिएको हो । 

बालुवा लोड भएका ट्रयाक्टरलाई रोकी चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले आवश्यक कारवाहीको लागि बालुवा सहित ट्रयाक्टर नियन्त्रणमा लिई कानूनी कारवाहीको  प्रक्रिया अगाडि बढाइएको प्रवक्ता न्यौपानेले प्रेस नोट मार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०३ बजे

बाढी पहिरोको दलदलबाट विस्तारै उठ्दै बूढीगण्डकी उपत्यका

गोरखा– हिमपहिरोले उङ्गिलुङ खोला थुनिएर खुलेपछि बूढीगण्डकीमा गत असोज २५

भोटेकोशी बाढी-विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

काठमाडौं– गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित